एकीकृत समाजवादीको ३ महिने आन्दोलन कार्यतालिका प्रस्ताव
_YBt8Yqy9Om.jpg)
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले तीन महिने आन्दोलन कार्यक्रमको तालिका प्रस्ताव गरेका छन् । ललितपुरको जावलाखेलमा शुक्रवारबाट सुरु भएको पार्टीको दोस्रो केन्द्रीय कमिटी बैठकमा महासचिव भुसालले
आन्दोलनद्वारा पार्टी निर्माणको तात्कालिक योजना अन्तर्गत आन्दोलनको कार्यतालिका सार्वजनिक गरेका हुन् । भुसालले गरेको प्रस्तावअनुसार यही फागुन तेस्रो साता गर्ने पत्रकार सम्मेलनमा मुलुकको अर्थ राजनीतिक सङ्कट र त्यसको समाधानसम्बन्धी अभियानबारे धारणा राख्ने तथा त्यसबारे सार्वजनिक रूपमा सुझावहरू आह्नवान गर्ने उल्लेख छ ।
त्यस्तै चैत १५ गतेसम्म केन्द्रीय तहमा सुझाव सङ्कलनका विभिन्न कार्यक्रमहरू गर्ने र त्यसअन्तर्गत पार्टीका सबै जनसङ्गठन, विभागसहित अन्य संघ संस्थाहरुबाट सुझाव सङ्कलन गर्ने प्रस्ताव भुसालको छ । त्यसपछि चैत २० गते सरकारलाई पार्टीका माग पेस गर्ने, त्यसबिचमा जिल्ला अधिवेशनहरू गर्ने, वैशाख २० गते प्रदेश सरकार र पालिकाहरूमा माग पेस गर्ने र जेठ १० गते काठमाडौँमा प्रदर्शन गर्ने भुसालको प्रस्तावित योजनामा उल्लेख छ ।
त्यसैगरी जेठ तेस्रो साताबाट बजेट र आफ्ना मागका बारेमा पत्रकार सम्मेलन गरी नयाँ कार्यक्रम घोषणा गर्ने कार्ययोजनामा उल्लेख छ । केन्द्रीय कमिटी बैठकले ती योजना पास भएपछि कार्यान्वयनमा जानेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वनवयुवराज हृदयन्द्रको टिप्पणीपछि विवादमा अभिनेत्री सुरक्षा
-
भारत र अमेरिकाबिच व्यापार सम्झौताको रूपरेखामा सहमति
-
भारत र साउदी अरबबिच अन्तरिक्ष, सञ्चार स्वास्थ्य लगायत क्षेत्रमा महत्त्वपूर्ण सम्झौता
-
वैदेशिक रोजगारी र पेटको समस्या
-
एनआरएनएको एकता महाधिवेशन ६ महिना पर सार्न परराष्ट्रको पत्राचार, सर्वोच्चमा मुद्दा दायर
-
टेस्लाको नाफा घटेपछि डज प्रमुखको जिम्मेवारी घटाउँदैछन् मस्क