राष्ट्रिय ईस्पोट्र्स लिगलाई सामसङको साथ

काठमाडौँ । नेपालको पहिलो राष्ट्रिय ईस्पोट्र्स च्याम्पियनसिप राजधानीको दशरथ रङ्गशालामा जारी छ । फागुन ८ देखि सुरु भएको प्रतियोगिता १० गतेसम्म सञ्चालन हुनेछ ।
यो प्रतियोगितामा नेपालका उत्कृष्ट ईस्पोट्र्स खेलाडीहरू पब्जी मोबाइल, मोबाइल लेजेन्ड्सः ब्यांग ब्यांग, ई–फुटबल लगायतका ६ प्रमुख ई–गेमिङ टाइटलहरूमा प्रतिस्पर्धा गरिरहेका छन्। कम्पनीका अनुसार प्रतियोगिताको ई–फुटबल ग्रान्ड फिनाले सामसङ ग्यालेक्सी एस२५ अल्ट्रामा खेलिने छ।
यस इभेन्टमा दर्शकहरूका लागि सामसङ एक्सपिरिएन्स जोनहरू पनि उपलब्ध रहेको जनाइएको छ जहाँ दर्शकहरूले सामसङका नवीनतम उपकरणहरू र विशेष गरी ग्यालेक्सी एस२५ सिरिजलाई, प्रत्यक्ष रूपमा अनुभव गर्न सक्ने कम्पनीको भनाइ छ ।
‘सामसङ सधैँ उच्च–प्रदर्शनयुक्त उपकरणहरू प्रदान गर्दै मोबाइल गेमिङ अनुभवलाई नयाँ स्तरमा पु¥याउन प्रतिबद्ध छ। ग्यालेक्सी एस२५ अल्ट्राले गेमिङको अनुभवलाई नयाँ उचाइमा पुराएको छ। स्न्यापड्रागन ८ एलिट प्रोसेसर, ६.९–इन्चको इमर्सिभ डिस्प्ले र १२०हर्ज रिफ्रेस रेटको साथ, यो स्मार्टफोन ती गेमरहरूका लागि डिजाइन गरिएको हो, जो पिक पर्फर्मेन्सको माग राख्छन्। क्वालकम इन्जिनियरहरूसँगको हाम्रो सहकार्यले डिभाइसको स्पीड र तापमान व्यवस्थापनलाई उत्कृष्ट बनाएको छ, जसले गर्दा खेलाडीहरूले कठिन गेमप्लेका दौरान कुनै अवरोध बिना प्रतिस्पर्धा गर्न सक्नेछन्। नेपालको ईस्पोट्र्स क्षेत्र तीव्र गतिमा अघि बढिरहेको छ, र सामसङ यो यात्रामा नेपाली गेमरहरूलाई यो नयाँ प्रविधिको साथ सहयोग गर्न पाउँदा गर्व गर्छ’, सामसङ नेपालका निर्देशक, प्रणय रत्न स्थापितले भने।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शुक्लाफाँटा भ्रमण गर्ने पर्यटकलाई ‘नेचर गाइड’ निःशुल्क
-
यसरी बन्दैछ ४०० केभीको लप्सीफेदी सबस्टेसन (तस्बिरहरु)
-
नेकपा एमालेका वडा सदस्यद्वारा विद्युत् कर्मचारीमाथि दुर्व्यवहार
-
पत्रकार महासङ्घ युकेद्वारा राजदूत घिमिरेलाई दूतावासमा स्वागत
-
सामुदायिक र निजी विद्यालयको ‘मितेरी’ सम्बन्ध
-
आमाबाबुको झगडाले बच्चामा नराम्रो असर पार्छ, डिप्रेसनमा जान सक्छन्