एनसेलले ल्यायो ‘९० अनलिमिटेड’ र ‘५० डेटा’ अफर

काठमाडौं । एनसेलले बढ्दो मोबाइल डेटाको मागलाई सम्बोधन गर्ने उद्देश्यका साथ ‘९० अनलिमिटेड’ र ‘५० डेटा’ गरि दुई डेटा प्याकहरु संचालनमा ल्याएको छ ।
कर सहित रु ९० शुल्क रहेको ९० अनलिमिटेड योजनाअन्तर्गत, ग्राहकहरूले दुई दिनसम्म मोबाइल डेटाको अनलिमिटेड मोबाइल इन्टरनेटको भरपुर फाइदा लिन सक्ने कम्पनीले जनाएको छ ।
यो अफर विषेशत छोटो अवधिको लागि बिना झन्झट इन्टरनेट पहुँच खोज्ने प्रयोगकर्ताहरूका लागि उपयुक्त विकल्प भएको बताइएको छ । ग्राहकहरूले एनसेल एपमार्फत वा एष्ट्रिक्स१२३एष्ट्रिक्स४एष्ट्रिक्स१एष्ट्रिक्स४ह्यास डायल गरेर यो ‘९० अनलिमिटेड’ प्याक लिन सक्छन् । कामका लागि होस् वा मनोरञ्जनका लागि, फिल्म होस् वा अनलाइनमार्फत गीतसंगीतको आनन्द लिन वा सामाजिक सञ्जाल जोडिन, यो प्याकले ४८ घण्टासम्म कुनै पनि डेटा सीमा बिना निर्बाधरुपमा इन्टरनेट सेवा प्रदान गर्दछ ।
यस्तैगरी, ‘५० डेटा’ प्याक अन्तर्गत ग्राहकले १.१ जीबी मोबाइल डेटा भोल्युम कर सहित मात्र रु. ५० मा पाउन सक्छन् । यो डेटा तीन दिनसम्म मान्य रहन्छ । सुलभ शुल्कमा लामो ३ दिनसम्म प्रयोग गर्न सकिने सुविधा भएकोले यसले डेटा चाहिने तर थोरै प्रयोग गर्ने ग्राहकहरूलाई विषेश महत्व राख्दछ ।
ग्राहकहरूले एनसेल एपबाट वा एष्ट्रिक्स१२३एष्ट्रिक्स४एष्ट्रिक्स२एष्ट्रिक्स१ह्यास डायल गरेर सजिलै यो प्याक खरिद गर्न सक्छन् ।
यो प्याक इन्टरनेट ब्राउजिङ, मोबाइलमार्फत डिजिटल कारोबार गर्न तथा स्पोटिफाई जस्ता प्लेटफर्महरूमा गीतसंगीतको मजालिने लगायतका कार्यका लागि उपयुक्त भएको एनसेलको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महाकुम्भ स्नानका लागि गएका पूर्वप्रधानाध्यापक सिंहको सवारी दुर्घटनामा मृत्यु
-
नेपाल–भारत सीमा क्षेत्रमा एसएसबीको ज्यादती
-
एउटै वडामा तीन जलविद्युत् आयोजनाको निर्माण सुरु
-
च्याम्पियन्स ट्रफी : अफगानिस्तान दक्षिण अफ्रिकासँग पराजित
-
कतारमा सडक दुर्घटनामा परी नेपाली युवा व्यवसायी आचार्यको मृत्यु
-
मोदीले ट्रम्प फकाउँदा भारतलाई कति फाइदा ?