देशमा तानशाह लाद्ने कुचेष्टा भइरहेको छ : माधव नेपाल
_YZYSRFogU8.jpg)
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले केपी शर्मा ओली नेतृत्वको सरकारले देशमा तानाशाह लाद्ने कुचेष्टा गरिरहेको बताएका छन् ।
जारी केन्द्रीय कमिटीको दोस्रो बैठकलाई सम्बोधन गर्दै सरकारले साना र विरोधी पार्टीलाई समाप्त पार्ने षड्यन्त्र गरिरहेको नेपालको दाबी छ । ‘अहिलेको सरकार बहुदलीय मान्यतालाई चुनौती दिँदै दुई दलीय शासनको सोचलाई अगाडि बढाउन खोज्दैछ । दुई दलीयको नाममा एकदलीय तानाशाह लाद्ने सोंच भन्दा भिन्न छैन’, अध्यक्ष नेपालले भने, ‘स–साना र प्रतिद्वन्द्वी पार्टीहरूलाई समाप्त पार्ने र अनेक किसिमले नियन्त्रणका तौरतरिका अपनाएर सिंगो देशमा तानाशाह लाद्ने कुचेष्टा भइरहेको छ ।’
उनले संविधानलाई मिच्ने बानी परेकाहरु कानुन मिच्न पनि त्यतिकै अग्रसर भएको बताए । ‘विधि विधान मिच्ने र आफुप्रति आलोचक कोही छन् भने तिनीहरुको घाँटी निमोठ्ने काममा अग्रसर भइरहेका छन् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देश विकासमा पूर्वाग्रह र मतभेद राख्न आवश्यक छैन : प्रधानमन्त्री
-
गभर्नर नियुक्तिमा ठूलो आर्थिक चलखेल हुँदैछ : वर्षमान पुन
-
गुणाकर भट्ट गभर्नर हुन अयोग्य रहेको दाबीसहित सर्वोच्चमा पूरक निवेदन
-
दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता केन्द्रकै कारण स्थगित भयाे : मुख्यमन्त्री कँडेल
-
नेपाली श्रमिकको स्वास्थ्यका लागि सघाउन युएईसँग स्वास्थ्य मन्त्री पौडेलको आग्रह
-
तीन महिनाको अवधिमा विपद्जन्य घटनाबाट ४१ जनाको मृत्यु, करोडौँको क्षति