महिला खेलाडीको ओठमा चुम्बन गर्ने फुटबल संघका अध्यक्ष अदालतबाट दोषी ठहर

काठमाडौँ । स्पेनको अदालतले स्पेनिस फुटबल महासंघका पूर्वअध्यक्ष लुइस रुबिलेसलाई जबरजस्ती महिला खेलाडीलाई चुम्बन गरेको आरोपमा दोषी ठहर गर्दै जरिवाना तिराउने निर्णय गरेको छ ।
स्पेनको महिला फुटबल टोलीले सन् २०२३ को अगस्तमा सम्पन्न विश्वकपको उपाधि जितेपछि खुसीयाली मनाउने क्रममा तात्कालिन अध्यक्ष लुइस रुबिलेसले महिला खेलाडी जेनिफर हर्मोसोको ओठमा चुम्बन गरेका थिए ।
त्यतिबेला उक्त घटनाको ब्यापक विरोध भएको थियो । खेलाडी हर्मोसोले पनि आफ्नो इच्छा विपरित चुम्बन गरिएको आरोप लगाएकी थिइन् ।
त्यसपछि अध्यक्ष लुइस रुबिलेस निलम्बनमा परेका थिए । उनीविरुद्ध न्यायालयमा यौन दूव्र्यवहार सम्बन्धि मुद्दा पनि दायर गरिएको थियो । लुइस रुबिलेसले भने जितको खुसीयाली मनाउने क्रममा भावावेशमा आएर आफूले जेनी हर्मोसोलाई चुम्बन गरेको स्पष्टीकरण दिएका थिए ।
उक्त घटनाको पाँच सय ५० दिनपछि आएर बिहीबार स्पेनको अदालतले आफ्नो फैसला सुनाएको हो । अदालतले लुइस रुबिलेसलाई १० हजार आठ सय युरो जरिवाना तिराउने निर्णय गरेको छ । यसका अतिरिक्त, अदालतले लुइस रुबिलेसलाई आगामी एक वर्षसम्म खेलाडी जेनी हर्मोसोको दुई सय मिटरभन्दा नजिन नजान पनि आदेश दिएको छ ।
रुबिलेसलाई एक वर्षसम्म टेलिफोन वा अन्य कुनै पनि प्रकारले सम्पर्क नगर्न पनि अदालतले आदेश दिएको छ । उक्त विश्वकपको उपाधि स्पेनले जितेको थियो । अस्ट्रेलिया र न्युजिल्यान्डमा सम्पन्न उक्त विश्वकपको फाइनलमा स्पेनले बलियो प्रतिद्वन्द्वी इङ्ल्यान्डलाई १–० गोलले हराएको थियो । विश्वकपमा जेनीफर हर्मोसोले तीन गोल गरेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आज पनि
-
शुक्लाफाँटा भ्रमण गर्ने पर्यटकलाई ‘नेचर गाइड’ निःशुल्क
-
यसरी बन्दैछ ४०० केभीको लप्सीफेदी सबस्टेसन (तस्बिरहरु)
-
नेकपा एमालेका वडा सदस्यद्वारा विद्युत् कर्मचारीमाथि दुर्व्यवहार
-
पत्रकार महासङ्घ युकेद्वारा राजदूत घिमिरेलाई दूतावासमा स्वागत
-
सामुदायिक र निजी विद्यालयको ‘मितेरी’ सम्बन्ध