दुईपटक फाइनलमा म्यान अफ दि म्याच बन्ने एकमात्र खेलाडी
शुक्रबार, ०९ फागुन २०८१, १३ : ४२

काठमाडौँ । च्याम्पियन्स ट्रफीको इतिहासमा लगातार दुई पटक फाइनल खेलमा म्यान अफ दि म्याच घोषित हुने एकमात्र खेलाडी अस्ट्रेलियाका शेन वाट्शन हुन् । सन् २००६ मा च्याम्पियन्स ट्रफीको उपाधि अस्ट्रेलियाले जितेको थियो । अस्ट्रेलियाले फाइनलमा वेस्ट इन्डिजलाई हराएको थियो ।
त्यतिबेला शेन वाट्शन फाइनलमा म्यान अफ दि म्याच घोषित भएका थिए । त्यो फाइनलमा उनले अविजित ५७ रन बनाएका थिए भने दुई विकेट पनि लिएका थिए । त्यसपछि सन् २००९ मा पनि अस्ट्रेलियाले च्याम्पियन्स ट्रफीको उपाधि जितेको थियो । फाइनलमा न्युजिल्यान्डलाई हराएको थियो ।
त्यतिबेला पनि फाइनलमा शेन वाट्शन प्लेयर अफ दि म्याच घोषित भएका थिए । अस्ट्रेलियालाई उपाधि चुमाउन उनको भूमिका महत्वपूर्ण थियो । उनले फाइनलमा अविजित एक सय पाँच रन बनाउँदै अस्ट्रेलियालाई जित दिलाएका थिए ।
Indian Premier League (IPL) 2025
विस्तृत विवरण
खेल तालिका
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘सांसदहरूले कमिसनमा आफ्नो योजना बेचेका छन् भन्ने सुनेको छु’
-
‘सरकारले आफ्नो गल्ती ढाकाछोप गर्न सांसदमाथि आरोप लगाएको छ’
-
ब्याट्सम्यानलाई साथ दिने पिचमा कोलकाता र पञ्जाबलाई सर्वाधिक रन बनाउने कप्तानको भर
-
रोजगारीका सवालमा राज्यले महिलालाई पहिलो प्राथमिकता दिनुपर्छ : हसिना खान
-
बीमामा रुपा गाउँपालिकाको ५० प्रतिशत अनुदान
-
तत्कालीन गभर्नर महाप्रसाद अधिकारीले हस्ताक्षर गरेको ५ रुपैयाँ दरका नयाँ नोट आजबाट चलनचल्तीमा