काठमाडौँमा शानदार जनप्रदर्शन गर्नुपर्ने भुसालको प्रस्ताव
_mCiuRPrVCG.jpg)
काठमाडौँ । नेकपा एकीकृत समाजवादी पार्टीका महासचिव घनश्याम भुसालले अबको करिब ४/५ महिनामा काठमाडौँमा शानदार जनप्रदर्शन गर्नुपर्नेमा जोड दिएका छन् । शुक्रबारदेखि सुरु भएको केन्द्रीय कमिटीको दोस्रो बैठकमा महासचिव भुसालले पेस गरेको कार्ययोजनामा उनले युवा–विद्यार्थी र किसान–मजदुर, उद्योगी गरेर दुई वटा जनप्रदर्शन गर्नु उचित हुने प्रस्ट पारेका छन् ।
यद्यपि परिस्थिति र सम्भाव्यता हेरेर सबैको फरक–फरक वा एउटै प्रदर्शन पनि गर्नु पर्ने हुन सक्ने उनको भनाइ छ ।
‘हाम्रो जनप्रदर्शन परम्परागत रूपमा काठमाडौँमा एउटा सभा गर्ने र बिदा हुने खालको मात्रै हुने छैन,’ कार्ययोजनामा भुसालले भनेका छन्, ‘हामीले उठाएका मागहरूलाई तिनको औचित्य, ती विषयमा विगतका प्रयासहरू, अरु मुलुकसँग तुलना आदि तथ्य तथ्याङ्कमा तयार गरेर प्रदर्शन गर्ने, विभिन्न क्षेत्रका अगुवाहरूको समर्थन प्राप्त गर्ने र सरकारलाई ज्ञापनपत्र दिनेजस्ता क्रियाकलापहरू गरिनेछ ।’
पार्टीको महाधिवेशनबाट पारित समाजवादी कार्यक्रमका आधारमा नेपाल निर्माणको १० वर्षे कार्य योजनाको रुपरेखा काठमाडौँको जनप्रदर्शनका दौरान राष्ट्रका सामु पेस हुने भुसालको जिकिर छ । उनले कार्ययोजनामा भनेका छन्, ‘त्यसका लागि राज्यमाथि दबाब दिन अर्को ६ महिनाको आन्दोलनको कार्यक्रम अगाडि सार्छौं ।’
यसप्रकार स्थानीयस्तरबाट आन्दोलनलाई राष्ट्रिय रूप दिइने र राष्ट्रिय मुद्दालाई फेरि स्थानीयस्तरमा पु¥याएर नयाँ राष्ट्रिय आन्दोलनको तयारी गरिने भुसालले कार्ययोजनामा उल्लेख गरेका छन् ।
‘काठमाडौँको जनप्रदर्शनसम्म हामीले सङ्गठनका क्षेत्रमा धेरै ठुलो उपलब्धि हासिल नगर्न सक्छौँ तर काठमाडौँको जनप्रदर्शनमा राष्ट्रका सामु पेस गरिने नेपाल निर्माणको कार्ययोजनाका पक्षमा जनमत निर्माण गर्न फेरि ६ महिना जनतामा जाने कार्यक्रमका साथ हामी अगाडि बढ्छौँ । त्यस दौरानमा हाम्रो सङ्गठन तीव्र रूपमा फैलिने छ,’ महासचिव भुसालले भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोदीले ट्रम्प फकाउँदा भारतलाई कति फाइदा ?
-
यस्तो छ आजको तरकारी एवं फलफूलको थोक मूल्य
-
एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आज पनि
-
शुक्लाफाँटा भ्रमण गर्ने पर्यटकलाई ‘नेचर गाइड’ निःशुल्क
-
यसरी बन्दैछ ४०० केभीको लप्सीफेदी सबस्टेसन (तस्बिरहरु)
-
नेकपा एमालेका वडा सदस्यद्वारा विद्युत् कर्मचारीमाथि दुर्व्यवहार