एक्समाथि ब्राजिलमा १४ लाख डलर जरिवाना

ब्रसिलिया । ब्राजिलको सर्वाेच्च अदालतका न्यायाधीश अलेक्जान्ड्रे डे मोरेसले माइक्रोब्लगिङ वेबसाइट एक्समाथि ८१ लाख मिलियन ब्राजिलियन रीसिस (करिब १४ लाख अमेरिकी डलर) जरिवाना तिराएका छन् । अदालतको आदेश अपहेलना गर्दै एक्सले एलन डस सैन्टोसको प्रोफाइलसँग सम्बन्धित पंजीकरण डेटा हस्तान्तरण गर्न अस्वीकार गरेको मामिलामा बुधवार यो जरिवाना लगाइएको हो ।
मोरेसले २०२४ को जुलाई मा एक्स र मेटालाई सैन्टोसको खाता ब्लक गर्न, उनीमाथि प्रतिबन्ध लगाउन र उनको डेटा उपलब्ध गराउन आदेश दिएका थिए । एक्सले आदेशको पालना गरेर खाता त ब्लक गर्यो, तर डेटा सङ्कलन नगरिएको र प्रयोगकर्ताको ब्राजिलसँग कुनै प्राविधिक सम्बन्ध नभएकोले अआफूसँग उनको डेटा नभएको दाबी गरेको थियो ।
तर न्यायाधीशले यो तर्कलाई अस्वीकार गरे । त्यसपछि, एक्सलाई डेटा दिन नसकेकोमा २०२४ को अगस्टसम्म दैनिक १ लाख ब्राजिलियन रीसिस (करिब १७ हजार ५०० अमेरिकी डलर) जरिवाना लगाइयो ।
अक्टोबरसम्ममा जरिवानाको आकार ८१ लाख रीसिस पुगेको थियो । सुरुमा एक्सले यो जरिवाना विरुद्ध अपील गरेको थियो । तर पछि अदालतलाई जरिवाना तिर्न कम्पनी इच्छुक भएको बतायो । बुधवारको आफ्नो फैसलामा, अदालतले कम्पनीलाई तुरुन्तै पूरा रकम तिर्न आदेश दिएको छ । अदालतले अनुरोध गरे अनुसार एक्सले डेटा दियो कि दिएन भन्ने चाहिँ अस्पष्ट छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : बालुवाटारमा ओली-देउवाबीच भेटवार्तादेखि भाटभटेनी लुटपाट काण्डले राजेन्द्र लिङ्देनको पुत्ला दहनसम्म
-
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता
-
काभ्रेमा सात खानीक्रसर उद्योग बन्द
-
श्रीमानको किरिया बसेकी महिलाको मृत्यु
-
नेपाल प्रहरी बन्यो च्याम्पियन
-
दुर्घटना न्यूनीकरणको सन्देश फैलाउन ‘बिस्तारै स्कुटर चलाउने’ प्रतियोगिता