एकीकृत समाजवादीको १३ बुँदे आचारसंहिता : महिलाप्रति एकनिष्ठताको व्यवहार (पूर्णपाठ)

काठमाडौँ । नेकपा एकीकृत समाजवादीले पार्टीका नेता कार्यकर्ताको आचरण र व्यवहार पार्टीले अँगालेको क्रान्तिकारी सिद्धान्तअनुरूप बनाउन भन्दै आचासंहिता बनाएको छ ।
शुक्रबारदेखि सुरु भएको पार्टी केन्द्रीय समिति बैठकमा अध्यक्ष माधव नेपालले १३ बुँदे आचारसंहिता पेस गरेका हुन् । आचारसंहितामा कम्युनिस्ट पार्टीका नेता तथा कार्यकर्ताको व्यवहार सरल हुनु हुनुपर्ने र उनीहरूको जीवनशैली सादा हुनुपर्ने उल्लेख छ ।
यस्तै कम्युनिस्ट पार्टीका नेता तथा कार्यकर्ताहरू एक आपसमा र जनतासँग शिष्ट, मर्यादित, सम्मानजनक र समानताको व्यवहार गर्ने हुनुपर्ने पनि आचारसंहितमा उल्लेख छ । यस्तै बोल्दा अश्लील र अपशब्दको प्रयोग गर्नु नहुने, कुनै वर्ग, जाति, समुदाय, लिङ्ग, क्षेत्र, धर्म र संस्कृतिको मर्यादा तथा गरिमामा आँच पुग्ने गरी अभिव्यक्ति दिन या व्यवहार गर्न नहुने आचारसंहितामा उल्लेख छ ।
यस्तै कम्युनिस्ट नैतिकताको मूल पक्ष व्यक्तिवादलाई विस्थापित गर्दै सामूहिकतावाद स्थापित गर्नु भएको आचारसंहितामा उल्लेख छ । जसअनुसार यसको अर्को पक्ष निजी स्वार्थको परित्याग गरी सामूहिक हित एवम् राष्ट्र, राष्ट्रियता, देश, जनता र श्रमजीवी वर्गको सेवामा समर्पित हुने उच्च क्रान्तिकारी दृढताका साथ काम गर्नु भएको आचारसंहितामा उल्लेख छ ।
महिलाप्रति एकनिष्ठताको व्यवहार गर्नुपर्ने उल्लेखसहित आचारसंहितामा भनिएको छ, ‘हामीले व्यवहारमा कम्युनिस्ट नैतिकता प्रदर्शन गर्नुपर्दछ, गर्नेछौँ । परपुरुष–परस्त्री शारीरिक सम्बन्ध राख्ने र विवाहपूर्व तथा वैवाहिक सम्बन्ध बाहिर शारीरिक सम्बन्ध राख्ने कार्य अनैतिक मानिन्छ । कम्युनिस्ट पार्टीका नेता तथा कार्यकर्ताले यस्तो अनैतिक कार्य गर्नु हुँदैन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामुदायिक र निजी विद्यालयको ‘मितेरी’ सम्बन्ध
-
आमाबाबुको झगडाले बच्चामा नराम्रो असर पार्छ, डिप्रेसनमा जान सक्छन्
-
टेक्नोलोजीका कारण तपाईंको मस्तिष्क र मानसिक स्वास्थ्य दुबै खतरामा छ !
-
महाशिवरात्रिका अवसरमा भालेश्वरमा महाआरती, केवलकार टिकटमा ५० प्रतिशत छुट
-
निर्धारित समय अगावै ‘ग्रे लिष्ट’बाट बाहिर निस्कन्छौँ : अर्थमन्त्री पौडेल
-
पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कायमै, यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना