एकीकृत समाजवादीको सदस्यता शुल्क वार्षिक १ सय रुपैयाँ
_BT3Z45lsFk.jpg)
काठमाडौँ । नेकपा एकीकृत समाजवादीले पार्टी सदस्यता शुल्क वापत सदस्यहरुबाट वार्षिक सय रुपैयाँ लिने भएको छ । सो पार्टीको आजबाट सुरु भएको दोस्रो केन्द्रीय कमिटीमा विधान अनुसार तयार पारेर पेस भएको नियमावली–२०८१ को परिच्छेद २ मा सदस्यता सम्बन्धी व्यवस्था गरिएको छ ।
जसमा पार्टी साधारण सदस्यता लिन आवेदन दिन रु १० तिर्नुपर्ने छ भने संगठित सदस्यताका लागि रु २० तिर्नुपर्ने व्यवस्था गरेको उल्लेख छ । हरेक पार्टी सदस्य र संगठित सदस्यले विधानको धारा २२ बमोजिम पार्टी सदस्यता लिन रु एक सय र संगठित सदस्यका लागि रु २ सय तिर्नुपर्ने व्यवस्था गरेको छ ।
त्यसरी लिइएको सदस्यता शुल्कको १५ प्रतिशत केन्द्रीय कमिटीमा, १५ प्रतिशत प्रदेशमा, १५ प्रतिशत जिल्लामा, १५ प्रतिशत सम्बन्धित प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय कमिटीमा, १५ प्रतिशत सम्बन्धित प्रदेशसभा निर्वाचन क्षेत्रीय कमिटीमा, १५ प्रतिशत नगर वा इलाका र १० प्रतिशत वडा शाखा कमिटीमा रहने व्यवस्था गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कान्तिपुर फिल्म एकेडेमीले ओटीटीपछि सुरु गर्यो नाटक घर
-
राजावादीको प्रदर्शन स्थगित भएको सूचना फैलिएपछि...
-
कुलमान प्रकरण : विपक्षीको सदन अवरोधले प्रतिस्थापन विधेयक अफ्ठयारोमा
-
बाजुरामा एक बृद्धाले पाइन् उनान्नब्बे वर्षमा नागरिकता
-
वीरगञ्ज नाका हुँदै तीन खर्ब ९० अर्बको सामान आयात
-
जस्तो चुनौती आए पनि संविधानकै बाटोबाट समाधान खोज्नुपर्छ – सहरी विकासमन्त्री