कमरान अकमल भन्छन्– ‘पाकिस्तानको च्यामिपयन्स ट्रफी खेल्ने स्तर नै छैन’

काठमाडौँ । घरेलु टोली पाकिस्तानले जारी च्याम्पियन्स ट्रफीको आफ्नो पहिलो खेलमा निराशाजनक प्रदर्शन गरेपछि पूर्वक्रिकेटरहरु आक्रोशित बनेका छन् । उनीहरुले पाकिस्तानी टोलीको प्रदर्शनको आलोचना पनि गरेका छन् ।
प्रतियोगिताको उद्घाटन खेलमा पाकिस्तानी टोली घरेलु मैदानमै न्युजिल्यान्डसँग ६० रनले पराजित भएको थियो । पाकिस्तानी टोलीको बलिङ र ब्याटिङ दुबै बिर्सनलायक थियो । पाकिस्तानी टोलीका ब्याट्सम्यानहरुले एक सयभन्दा बढी बलमा एक रन पनि बनाउन सकेका थिएनन् ।
उक्त हारपछि पाकिस्तानी टोलीको सेमिफाइनलमा पुग्ने सम्भावना पनि निकै कमजोर बनेको छ । समर्थक र अन्य पूर्वखेलाडीजस्तै कमरान अकमलले पनि आफ्ना खेलाडीको प्रदर्शनप्रति निराशा व्यक्त गरेका छन् । आफ्नो समयका प्रभावशाली विकेटकिपर ब्याट्सम्यान कमरान अकमलले त वर्तमान खेलाडीहरुको प्रदर्शनको आलोचना गर्दै पाकिस्तानी टोलीको च्याम्पियन्स ट्रफी खेल्ने हैंसियत नै नभएको टिप्पणीसम्म गरेका छन् ।
‘पाकिस्तानी टोलीको च्याम्पियन्स ट्रफी खेल्ने स्तर नै छैन । च्याम्पियन्स ट्रफीजस्तो ठुलो प्रतियोगितामा यो स्तरको प्रदर्शन लाजलाग्दो पक्ष हो । हामीले च्याम्पियन्स ट्रफीका लागि गरेको तयारीलाई पनि यसले देखाउँछ,’ ४३ वर्षीय कमरान अकमलले भनेका छन् ।
उनले पाकिस्तानी टोलीलाई पहिले आयरल्यान्ड र जिम्बाबेजस्ता टोलीसँग खेलाउनु पर्ने सुझाव पनि दिएका छन् । ‘अहिले आयरल्यान्ड र जिम्बाबेबिच शृंखला भइरहेको छ । पहिले पाकिस्तानलाई उनीहरुसँग खेलाउनु पर्छ । त्यसमा विजयी भएमात्र पाकिस्तानी टोली च्याम्पियन्स ट्रफीको हकदार हुनेछ,’ उनले भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पत्रकार महासङ्घ युकेद्वारा राजदूत घिमिरेलाई दूतावासमा स्वागत
-
सामुदायिक र निजी विद्यालयको ‘मितेरी’ सम्बन्ध
-
आमाबाबुको झगडाले बच्चामा नराम्रो असर पार्छ, डिप्रेसनमा जान सक्छन्
-
टेक्नोलोजीका कारण तपाईंको मस्तिष्क र मानसिक स्वास्थ्य दुबै खतरामा छ !
-
महाशिवरात्रिका अवसरमा भालेश्वरमा महाआरती, केवलकार टिकटमा ५० प्रतिशत छुट
-
निर्धारित समय अगावै ‘ग्रे लिष्ट’बाट बाहिर निस्कन्छौँ : अर्थमन्त्री पौडेल