सातामा नेप्से ६५.२७ अंकले वृद्धि, पुरानै लयमा फर्किएला ?

काठमाडौँ । गत साता २१.३४ अंकले गिरावट आएको सेयर बजार परिसूचक (नेप्से) यो साता उच्च अंकले वृद्धि भएको छ । हप्तामा कारोबार भएको चारै दिन नेप्से परिसूचकमा वृद्धि भएको छ ।
नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको दोस्रो समीक्षा ल्याउने चर्चाले सेयर बजारमा सकारात्मक प्रभाव परेको विश्लेषण गरिएको छ । पछिल्लो वृद्धिसँगै सेयर बजारले पुरानै लयमा फर्कने संकेत समेत गरेको छ ।
गत साता २१.३४ अंकले घटेर २६७८.४७ अंकको विन्दुमा झरेको नेप्से यो साता ६५.२७ अंकले वृद्धि भएर २७४३.७४ अंकमा पुगेको हो । अघिल्लो साता नेप्से ४२.०४ अंक बढेर २६९९.८१ विन्दुमा पुगेको थियो ।
पछिल्लो १५ दिनको ९ कारोबारमा नेप्से परिसूचकमा उतारचढाव देखिएको छ । १५ दिनमा ४३.९३ अंकले नेप्सेमा वृद्धि भएको देखिन्छ । पछिल्लो १५ दिनमा ९ कारोबारका दिन मध्ये ६ कारोबार दिन नेप्से बढेको छ भने ३ कारोबारको दिन घटेको छ । यो साताको चार कारोबारमा चारै दिन नेप्से परिसूचकमा वृद्धि भएको छ ।
यसरी पछिल्लो सातामा नेप्सेमा उत्साह नै देखिएको छ । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक १९.५६ अंकले वृद्धि भएर २६९८.०३ अंकको बिन्दुमा पुगेको थियो । अघिल्लो आइतबारको कारोबारमा ११.४९ अंकले घट्दै २६८८.२१ बिन्दु कायम भएको थियो ।
साताको दोस्रो कारोबारको दिन सोमवार पनि नेप्से परिसूचक १९.५६ अंकले वृद्धि भएर २ हजार ७ सय २७.९१ अंकको विन्दुमा पुगेको थियो ।
कारोबार रकममा पनि यो साता तीव्र उतारचढाव देखियो । आइतबार ८ अर्ब ३९ करोड ८६ लाख बराबर कारोबार भएको थियो । सोमबार दिन ६ अर्ब ९६ करोड रुपैयाँ बराबरको कारोबारमा झरेको थियो भने मंगलबार ७ अर्ब २४ करोड ६२ लाख २१ हजार २६० पुगेको थियो ।
बुधवार ८ अर्ब ७२ करोडको कारोबार भएको थियो भने बिहीबार घटेर ७ अर्ब ९२ करोड १३ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
गत साता नेप्से परिसूचक साढे १ प्रतिशत बढेर बन्द भएको थियो । अघिल्लो साता २६५७.७७ विन्दुमा बन्द भएको नेप्से, गत साता १.५८ प्रतिशत अर्थात् ४२.०४ अंक बढेर २६९९.८१ विन्दुमा पुगेको छ । साताको तेस्रो दिन मंगलबार बजार परिसूचक ११.९२ अंकले बढेर २७३९.८२ अंकमा पुगेको थियो । बुधबार भने सार्वजनिक बिदाको कारण नेप्से कारोबार बन्द भएको थियो । साताको अन्तिम कारोबारको दिन पनि नेप्से सामान्य अंकले बढेर कारोबार बन्द भएको छ । । बिहीबार ३.१४ अंकले वृद्धि भएर २७४३.७४ बिन्दु कायम भएको छ ।
कारोबारमा रकममा उतारचढाव
यो साता कारोबार रकममा पनि उतारचढाव देखिएको छ । दुई दिनको कारोबारमा १०÷१० अर्बको कारोबार भएको छ भने बाँकी दुई कारोबारमा ९ र ८ अर्बको कारोबार भएको छ । साताको पहिलो कारोबारको दिन आइतबार कारोबारमा आएको ३०९ कम्पनीको २ करोड ९ लाख ९४ हजार कित्ता सेयर ९ अर्ब ४७ करोड ३ लाख ८ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ ।
सोमवार कारोबारमा आएका ३०२ कम्पनीको १ करोड ८० लाख ८१ हजार कित्ता सेयर १० अर्ब ४ करोड ९६ लाख ५४ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको थियो । सोमवार नेप्सेसँगै कारोबार रकम पनि करिब १ अर्ब बढीले बढेको थियो ।
मंगलबार पनि नेप्से परिसूचक बढेसँगै कारोबार रकम समेत बढेको थियो । मंगलाबारको कारोबारमा पनि १० अर्ब ४३ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।
साताको अन्तिम कारोबारको दिन भनेर सामान्य अंकले वृद्धि भएको नेप्सेसँगै कारोबार रकम पनि ८ अर्ब मात्रै भएको छ । बिहीबार कारोबारमा आएका ३०९ कम्पनीको १ करोड ५६ लाख ३७ हजार ६ कित्ता सेयर ८ अर्ब ६२ करोड ७६ लाख ८७ हजार ५९९ रुपैयाँको सेयर कारोबार भएको थियो ।
लगानीकर्ता लघुवित्तमा हाबी
साताको चार कारोबारमा सबैभन्दा बढी सकारात्मक सर्किट हान्ने प्रायः सबै लघुवित्त कम्पनीहरू रहेका छन् । आइतबार ६ लघुवित्त कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको थियो । जसमा गुराँस लघुवित्त वित्तीय संस्था, नेपाल फाइनान्स, जानकी फाइनान्स, विन नेपाल लघुवित्त वित्तीय संस्था, गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सक र पोखरा फाइनान्स रहेका थिए
त्यस्तै सोमवार पनि ६ कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको थियो । जसमा गुराँस लघुवित्त वित्तीय संस्था, कुथेली बुखरी स्मल हाइड्रोपावर, एक्सेल डेभलपमेन्ट बैंक, विन नेपाल लघुवित्त वित्तीय संस्था, गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स र दिव्यश्वरी हाइड्रोपावर भए पनि लघुवित्त नै हाबी भएका थिए ।
त्यस्तै,मंगलवारको कारोबारमा पनि विन नेपाल, गुराँस लघुवित्त, इमर्जिङ नेपाल, गार्डियन माइक्रो इन्स्योरेन्सको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको थियो । साताको अन्तिम कारोबारको दिन पनि लक्ष्मी लघुवित्त, उपकार लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् ।
तीन कारोबारमा नेपाल पुनर्बीमा कम्पनीको कारोबार बढी
साताको चार कारोबार मध्ये तीन कारोबारका दिन नेपाल पुनर्बीमा कम्पनीको सेयर कारोबार रकम उच्च भएको थियो । साताको पहिलो कारोबारका दिन बढी कारोबार हुनेमा एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट कम्पनीको ३३ करोड ५४ लाख ७५ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको थियो ।
पछिल्लो तीन कारोबारमा नेपाल पुनर्बीमा कम्पनीको ३२ करोड ६४ लाख, मंगलवार साढे ५१ करोड भन्दा बढी र बिहीबार ६५ करोड ६६ लाख रुपैयाँ भन्दा बढीको सेयर खरिदबिक्री भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पत्रकार महासङ्घ युकेद्वारा राजदूत घिमिरेलाई दूतावासमा स्वागत
-
सामुदायिक र निजी विद्यालयको ‘मितेरी’ सम्बन्ध
-
आमाबाबुको झगडाले बच्चामा नराम्रो असर पार्छ, डिप्रेसनमा जान सक्छन्
-
टेक्नोलोजीका कारण तपाईंको मस्तिष्क र मानसिक स्वास्थ्य दुबै खतरामा छ !
-
महाशिवरात्रिका अवसरमा भालेश्वरमा महाआरती, केवलकार टिकटमा ५० प्रतिशत छुट
-
निर्धारित समय अगावै ‘ग्रे लिष्ट’बाट बाहिर निस्कन्छौँ : अर्थमन्त्री पौडेल