ट्रम्प भन्छन्-अतिरिक्त महसुलको धम्कीले ब्रिक्स तितरबितर भयो

वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एक पटक फेरि ब्रिक्सबारे ठुलो बयान दिएका छन् । १५० प्रतिशत भन्सार लगाउने धम्कीपछि पाँच देशको यो समूह तितरबितर भएको उनले बताएका छन् । अमेरिकी डलरलाई चुनौती दिने ब्रिक्सको प्रयासले कुनै नतिजा नदिने उनको भनाइ थियो ।
ट्रम्पले भने ‘ब्रिक्स देशहरूले हाम्रो डलरलाई नष्ट गर्न खोजिरहेका छन् । तिनीहरू नयाँ मुद्रा ल्याउन चाहन्छन् । त्यसैले जब म सत्तामा आएँ, मैले पहिलो कुरा जे भनेको थिएँ त्यो नयाँ मुद्राको बारेमा कुरा गर्ने कुनै पनि ब्रिक्स देशलाई १५० प्रतिशत भन्सार लगाइनेछ भन्ने थियो । हामीलाई तपाईँका उत्पादनहरू चाहिँदैनन् र यसपछि ब्रिक्स फुट्नेछ पनि मैले भनेको थिएँ ।’
अहिले ब्रिक्समा के भइरहेको छ भन्ने आफूलाई थाहा नभएको अनि केही समयदेखि आफूले यसको बारेमा केही नसुनेको पनि उनले बताए । ब्रिक्समा ब्राजिल, रूस, भारत, चीन, दक्षिण अफ्रिका, इजिप्ट, इथियोपिया, इरान र संयुक्त अरब इमिरेट्स समावेश छन् । यससँगै टर्की, अजरबैजान र मलेसियाले ब्रिक्सको सदस्य बन्न आवेदन दिएका छन् । अन्य कयौँ देशले यसमा सामेल हुने इच्छा व्यक्त गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘अहिलेको चुनाव दल भर्सेस कानुन व्यवसायी हो’
-
भारत सरकारको अनुदान सहयोगमा निर्माण हुने १० वटा परियोजनाहरूको एमओयूमा हस्ताक्षर
-
बागमती प्रदेशसभा अधिवेशन अन्त्य गर्न सिफारिस
-
आज दुई वटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
पहिलो पटक यति धेरै बढ्यो राष्ट्रिय नाचघरको आम्दानी
-
थाइल्याण्ड र म्यानमारपछि यी देशहरूमा भूकम्पको धक्का