शनिबार, १० फागुन २०८१
ताजा लोकप्रिय

विदेशी सिम र रिचार्ज कार्ड अनुमति लिएर मात्रै बिक्री वितरण गर्ने प्राधिकरणको निर्देशन

शुक्रबार, ०९ फागुन २०८१, १२ : ३६
शुक्रबार, ०९ फागुन २०८१

काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले विदेशी सिम र रिचार्ज कार्ड बिक्री गर्नुअघि ‘नो–अब्जेक्सन’ प्राप्त गर्न निर्देशन दिएको छ ।

प्राधिकरणले एक सूचना जारी गर्दै यस्तो निर्देशन जारी गरेको हो । पछिल्लो समय विदेश यात्रा गर्न जाने व्यक्तिहरूलाई लक्षित गरी नेपालमा विदेशी  सिम र रिचार्ज बिक्री हुने गरेको प्राधिकरणले जनाएको छ ।

विदेशी मुलुकका दूरसञ्चार सेवाप्रदायक कम्पनीका सिम र रिचार्ज कार्ड बिक्री गर्न प्राधिकरणबाट नो–अब्जेक्सन लिनुपर्ने व्यवस्था रहेको भन्दै सोहीअनुसार अनुमति प्राप्त गर्न प्राधिकरणले सूचनामार्फत ध्यानाकर्षण गराएको हो ।

सूचनामा भनिएको छ, ‘सिमकार्ड र रिचार्ज कार्ड बिक्री/वितरण गर्ने सम्बन्धित व्यक्ति/संस्थाहरूले यस प्राधिकरणबाट नो–अब्जेक्सन लिएर मात्र बिक्री बितरण गर्नु/गराउनुहुन सम्बन्धित सरोकारवालाहरूलाई जानकारी गराइन्छ ।’

notes-dp

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप