नेपालमा बोलिने भाषा जोगाउन आवश्यक छ : मन्त्री पाण्डे

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले भएका भाषाहरु जोगाउनु आवश्यक रहेको बताएका छन् । शुक्रवार काठमाडौँमा भाषा प्रयोगशाला उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले भाषाहरु नेपालमा १३१ रहेको र अझै बढ्नसक्ने बताए । उनले भाषा आयोगको प्रमुख कर्तव्य नै भाषाहरुको संरक्षण र संवद्र्धन गर्नु रहेको बताउँदै आयोगले सम्पूर्ण नेपालमा बोलिने भाषाहरुको अभिभाकत्व लिएर भाषाको संरक्षण र प्रवद्र्धन गर्न जरुरी रहेको बताए । उनले संघीय भाषा ऐन बनाउन मन्त्रालयले पहल गरिरहेको र कानून मन्त्रालयमा पुगेको उल्लेख गरे ।
मन्त्री पाण्डेले भने, ‘भाषाहरु बढ्नसक्ने सम्भवना छ । तर भएका भाषाहरु जोगाउनु नै हाम्रो प्रमुख चुनौति हो । भाषा आयोगको प्रमुख चुनौति संविधानमा जे लेखियोस्, कानुनमा जे लेखियोस् । तर यसको स्पिरिटलाई पक्रिने हो भने जोगिएका भाषा त जोगिएकै छन् । विकसित भएका भाषा त विकसित भएकै छन् । मैले बोलिरहेको नेपाली भाषामा त मानिसहरु लागेकै छन् । जो भाषामा कोही पनि छैनन् । जसको सहारा कोही पनि छैनन्, ती भाषा जोगाउने काममा यसको सहारा म हुँ, अभिभावक म हुँ, मैले जोगाउँछु भनेर भाषा आयोगले काम गर्नेछ । त्यसका लागि आवश्यक पर्ने ऐन, जुन कानून मन्त्रालयमा छ भन्नुभएको छ, यो संघीय भाषा ऐन बनाउने सन्दर्भमा मन्त्रालयका तर्फबाट तत्परता देखाउनेछु ।’
मन्त्री पण्डेले भाषा दशकको बारेमा भाषा आयोग, युनेस्को र मन्त्रालय बसेर काम गर्नुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्सको लियोंलाई हराउँदै म्यान्चेस्टर युनाइटेड युरोपा लिगको सेमीफाइनलमा
-
विदेशी मुद्रा, आज कसको मूल्य कति ?
-
आज विश्व सम्पदा दिवस मनाइँदै
-
आजदेखि तीन दिन कञ्चनजङ्घा हीरक महोत्सव मनाइँदै
-
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको अध्ययन प्रतिवेदन सार्वजनिक लेखा समितिमा पेश
-
आईपीएल : मुम्बईको पुनरागमन, लगातार दोस्रो जित