नेपाल सम्पत्ति शुद्धीकरणको खैरो सूचीमा पर्ने भएपछि धितोपत्र बजारमा मार्गदर्शन जारी

काठमाडौँ । नेपाल धितोपत्र बोर्डले धितोपत्र बजार सहभागीहरूका लागि लक्षित गरेर मार्गदर्शन जारी गरेको छ ।
नेपाल फाइनान्सियल एक्सन टास्क फोर्सको सम्पत्ति शुद्धीकरण सम्बन्धी खैरोसूचीमा पर्ने अवस्था बनेपछि धितोपत्र बजारमा पनि लक्षित वित्तीय कारबाही गर्न बोर्डले मार्गदर्शन जारी गरेको बताइएको छ ।
फोर्सको मूल्याङ्कनमा नेपाल सम्पत्ति शुद्धीकरणका विषयमा जोखिमयुक्त मुलुकमा सूचीकृत भई अन्तर्राष्ट्रिय अनुगमनमा जानसक्ने सम्भावना छ ।
फोर्सको एसिया प्यासिफिक ग्रुप(एपीजी)ले नेपाल जोखिमपूर्ण मुलुक (ग्रे लिस्ट)मा जाने अवस्था देखाइ सकेको छ । आर्थिक अपराध नियन्त्रणमा नेपालको प्रयासलाई एपीजीले उच्च, राम्रो, मध्यम र न्यून भनी वर्गीकरण गर्दा नेपाल ग्रे लिस्टमा पर्ने देखिन्छ ।
यस्तो छ मार्गदर्शन
धितोपत्र बजार सहभागीहरूका लागि लक्षित गरी सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण नियमावली, २०८१ को नियम ६९ को उपनियम (३) बमोजिम मार्गदर्शन जारी गरेको बोर्डले जनाएको छ ।
मार्गदर्शनमा गृह मन्त्रालयको वेबसाइटमा सार्वजनिक भएको युनाइटेड नेसन स्याङ्सन्स लिस्टमा कुनै सूचीकृत व्यक्ति, समूह वा सङ्गठन वा सोसँग सम्बद्ध व्यक्ति, समूह वा सङ्गठन धितोपत्र बजार सहभागीहरुले कारोबारको तथ्याङ्क (डेटाबेस)मा भए वा नभएको नियमित रूपमा यकिन हुने अद्यावधिक प्रणाली स्थापना गर्नुपर्ने उल्लेख छ ।
उक्त तथ्याङ्क (डेटाबेस)को आधारमा कुनै सूचीकृत व्यक्ति, समूह वा सङ्गठन वा सोसँग सम्बद्ध अन्य कुनै व्यक्ति, समूह वा सङ्गठनको कुनै सम्पत्ति वा कोष आफूसँग रहेको भएमा तत्काल उक्त सम्पत्ति वा कोष रोक्का राख्नुपर्ने व्यवस्था गरेको छ ।
धितोपत्र बजार सहभागीहरूले आफ्नो कार्य सञ्चालन गर्दा आतङ्ककारी कार्य वा आम विनाशका हातहतियार निर्माण तथा विस्तारमा वित्तीय लगानी निवारणसँग सम्बन्धित व्यवस्थाहरू पालना गर्नुपर्ने व्यवस्था छ ।
आतङ्ककारी कार्य वा आम विनाशका हातहतियार निर्माण तथा विस्तारमा वित्तीय लगानी निवारणसँग सम्बन्धित शङ्कास्पद व्यक्ति का सम्बन्धमा वित्तीय जानकारी इकाईमा रिपोर्टिङ गर्नुपर्ने व्यवस्था छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याग्दीको बेनी नगरपालिकामा ‘आमा समूहसँग उपमेयर’ कार्यक्रम
-
आईपीएल : पुछारमै थन्कियो चेन्नई, हैदरावाद उक्लियोआठौं नम्बरमा
-
झापाको मेचीनगर नगरपालिकामा अनुगमन तीब्र, खाद्य उद्योगलाई जरिवाना
-
१२ बजे, १२ समाचार : डाबरद्वारा राज्यको सम्पत्ति दोहनदेखि नागरिक उन्मुक्ति पार्टी र जनमतबीच एकताका लागि बोलाइयो बैठकसम्म
-
गायक नवीन के भट्टराई ब्यान्डसहित लन्डनमा
-
नागरिक उन्मुक्ति पार्टीले बोलायो केन्द्रीय समिति बैठक