बुधबार, १४ फागुन २०८१
ताजा लोकप्रिय

ट्रम्पद्वारा भारतीय मूलका पटेललाई सङ्घीय अनुसन्धान ब्युरोका निर्देशक नियुक्त

शुक्रबार, ०९ फागुन २०८१, ११ : ११
शुक्रबार, ०९ फागुन २०८१

वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतीय मूलका काश पटेललाई सङ्घीय अनुसन्धान ब्युरो अर्थात् एफबीआईका निर्देशक नियुक्त गरेका छन् । यस नियुक्तिका लागि पटेलले राष्ट्रपति ट्रम्पलाई धन्यवाद दिएका छन् । ‘एफबीआईको नवौं निर्देशक हुन पाउँदा म निकै सम्मानित महसुस गरिरहेको छु । राष्ट्रपति ट्रम्प र महान्यायाधिवक्ता बोन्डीलाई म माथि विश्वास गरेकोमा म धन्यवाद दिन्छ ।’ 

माइक्रो ब्लगिङ वेबसाइट एक्समा एउटा पोस्टमा उनले लेखेका छन् । डेमोक्रेटिक पार्टीका सबै सांसदसाथै रिपब्लिकन पार्टीका दुई सांसद सुसान कोलिन्स र लिसा मुर्काेवस्कीले काश पटेलको नियुक्तिको विपक्षमा मतदान गरेका थिए । पटेलले राष्ट्रपति ट्रम्पको पहिलो कार्यकालमा पनि उनको साथमा काम गरेका थिए । ४४ वर्षीय काश पटेलले वकिलको रूपमा आफ्नो करियर सुरु गरेका थिए । 

उनले हत्या, लागूपदार्थ र जटिल आर्थिक अपराध सम्बन्धी मुद्दाहरूमा अदालतमा बहस गरे । अमेरिकी रक्षा मन्त्रालयका अनुसार पटेलले कार्यवाहक अमेरिकी रक्षा सचिव क्रिस्टोफर मिलरको चिफ अफ स्टाफको रूपमा काम गरिसकेका छन् । 

उनी राष्ट्रिय सुरक्षा परिषदमा राष्ट्रपतिको उपसहायक र आतङ्कवाद विरोधी विभागका वरिष्ठ निर्देशक पनि थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप