गोलाप्रथाबाट विद्यार्थी भर्ना रोक्न माग गरिएको रिटको पेसी न्यायाधीश सुवेदीको इजलासमा
शुक्रबार, ०९ फागुन २०८१, ११ : ०२

काठमाडौँ । राजधानीका केही स्कुलहरूले गोलप्रथाबाट विद्यार्थी भर्ना गर्दै आएकोमा त्यसविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । अधिवक्ता सुजाता केसीले सेन्टमेरिज स्कुललगायतलाई प्रतिवादी बनाएर दायर गरेको रिटको पेसी शुक्रबार न्यायाधीश नहकुल सुवेदीको इजलासमा तोकिएको हो ।
उक्त रिट बिहीबार दर्ता भएको थियो भने रिटमा आगामी शैक्षिक सत्रमा योग्यता प्रणालीका आधारमा भर्ना लिन आदेश माग गरिएको छ।
स्कुलहरूले सूचना निकालेर गोलाप्रथाबाट भर्ना लिँदा यसले विद्यार्थीको शैक्षिक क्षमता, सिर्जनात्मकता तथा योग्यताको परीक्षण नगर्ने दाबी निवेदकको छ। यसबाट विद्यार्थीको भविष्यमाथि पनि खेलबाड हुने र शिक्षाको मूल मर्मविपरीत भएकाले यो प्रथा हटाउनुपर्ने माग गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षक आन्दोलन : मंगलबार रातिको वार्तामा अर्थमन्त्री र गृहमन्त्री पनि सहभागी
-
आठ वर्षपछि दिल्लीको मैदानमा कोलकाताको पहिलो जित, नरेनको अलराउण्ड प्रदर्शनले लियो हारको वदला
-
आफुहरुको माग सम्बोधन हुनेमा शिक्षक महासंघ विश्वस्त, १२ को परीक्षाबारे गम्भीर, आन्दोलन जारी रहने
-
१२ बजे, १२ समाचार : सरकार र शिक्षकबीचको वार्ता निष्कर्षविहीनदेखि कजरिया टायल्सको कारोबार रोक्कासम्म
-
सरकार र शिक्षकबिचको वार्ता निष्कर्षविहीन
-
१० बजे १० समाचार : शिक्षकको आन्दोलन र वार्ता सँगसँगै, कलाकारमाथि डिजिटल हिंसा