बागमती गोल्डकप : एपीएफ र चर्च ब्वाइज भिड्दै

हेटौँडा । बागमती गोल्डकप अन्तर्गत शुक्रवारबाट सेमिफाइनलका खेलहरू हुनेछन् । बिहीबार क्वाटरफाइनल समीकरणको अन्तिम खेल सम्पन्न भएसँगै आजबाट सेमिफाइनल अन्तर्गतका खेल हुनेछन् ।
मकवानपुरको बागमती गाउँपालिकामा जारी सातौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनल अन्तर्गतको पहिलो खेल शुक्रवार हुँदैछ । बागमती–४ स्थित सहिद स्मृति रङ्गशालामा हुने पहिलो सेमिफाइनल खेलमा विभागीय टोली सशस्त्र प्रहरी बल (एपीएफ) र चर्च ब्वाईज युनाइटेड भिड्नेछन् । खेल दिउँसो २ बजे हुने आयोजक बागमती खेलकुद विकास समितिले जनाएको छ ।
दुवै टिम जित निकाल्ने योजनासहित मैदान उत्रिनेछ । प्रतियोगितामा एपीएफले संकटालाई र चर्च ब्वाइजले विभागीय टोली त्रिभुवन आर्मीलाई हराउँदै सेमिफाइनलमा प्रवेश गरेको हो । एपीएफ गत संस्करणको उपविजेता टोली हो भने चर्च ब्वाइज प्रतियोगितामा नयाँ टोली हो । गत संस्करणमा एपीएफ मछिन्द्रसँग पराजित हुँदै उपविजेता बनेको थियो ।
प्रतियोगिताको दोस्रो सेमिफाइनल खेलमा भोलि शनिवार मच्छिन्द्र फुटबल क्लब र थ्री स्टार बिच प्रतिस्पर्धा हुनेछ । फाइनल खेल सोमबार हुनेछ । प्रतियोगिताको उपाधि विजेताले १० लाख र उपविजेताले ५ लाख प्राप्त गर्नेछन् । यस्तै प्रतियोगिताको सर्वोत्कृट खेलाडीलाई १ लाख १ हजार तथा विधागत उत्कृष्ट खेलाडीलाई जनही २५–२५ हजार रुपैयाँ प्रदान गरिने जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पत्रकार महासङ्घ युकेद्वारा राजदूत घिमिरेलाई दूतावासमा स्वागत
-
सामुदायिक र निजी विद्यालयको ‘मितेरी’ सम्बन्ध
-
आमाबाबुको झगडाले बच्चामा नराम्रो असर पार्छ, डिप्रेसनमा जान सक्छन्
-
टेक्नोलोजीका कारण तपाईंको मस्तिष्क र मानसिक स्वास्थ्य दुबै खतरामा छ !
-
महाशिवरात्रिका अवसरमा भालेश्वरमा महाआरती, केवलकार टिकटमा ५० प्रतिशत छुट
-
निर्धारित समय अगावै ‘ग्रे लिष्ट’बाट बाहिर निस्कन्छौँ : अर्थमन्त्री पौडेल