कर्णाली प्रदेशको भाषिक स्थिति

- विषयारम्भ
कर्णाली प्रदेश पहाडी, हिमाली र भित्री मधेस क्षेत्रका दशवटा जिल्ला मिलेर निर्माण भएको छ । ती जिल्लामा सुर्खेत, दैलेख, जाजरकोट, कालीकोट, जुम्ला, हुम्ला, मुगु, डोल्पा, रुकुम (पश्चिम) र सल्यान जिल्ला पर्छन् । कर्णाली नदी, भेरी नदी, कान्जिरोवा हिमपर्वत शृङ्खला, राराताल, पञ्चकोसी, काक्रेविहार, लाटीकोइली, देउती बज्यै, चन्दननाथ, पाचाल झरना, बालात्रिपुरा सुन्दरी, नम्खा गुम्बा, हल्जी गुम्बा, खैराबाङ, छाया क्षेत्र आदि अनेक प्राकृतिक सांस्कृतिक महत्त्वका स्थान यहाँ छन् ।
यहाँको भौगोलिक विविधता तथा बहुजातीय र बहुधार्मिक परिवेशमा विभिन्न भाषा बोलिन्छन् ।
कर्णाली प्रदेशमा विभिन्न जातजातिका मानिसको बसोबास छ । २०७८ को जनगणना अनुसार नेपालका १४२ जातजातिमध्ये यहाँ बसोबास गरेका ८० जातजातिको नाम र जनसङ्ख्या जनगणनामा उल्लेख गरिएको छ । तिनका अतिरिक्त केही विदेशी, अन्य र नखुलेका जातजाति पनि यहाँ छन् ।
यहाँको कुल जनसङ्ख्या १६ लाख ८८ हजार ४१२ छ, जसमध्ये क्षत्री ७ लाख ११ हजार ८८९, विश्वकर्मा २ लाख ७३ हजार ९६२, ठकुरी १ लाख ७७ हजार १७९, मगर १ लाख ७६ हजार ६८, पहाडी ब्राह्मण १ लाख ३५ हजार ६१७, परियार ६८ हजार ४६५, मिजार ४७ हजार ८८४, दशनामी सन्न्यासी २१ हजार ८८२, गुरुङ १२ हजार ५४६, थारू ८ हजार ७७३, भोटे ६ हजार ५५, डोल्पो ५ हजार २०५, बादी ४ हजार ७६४, नेवा (नेवार) ४ हजार ५४४ र तामाङ ४ हजार ३४८ तथा बाँकी अन्य जातजातिका मानिस यस प्रदेशमा छन् ।
यहाँ हिन्दु धर्म मान्ने १५ लाख ९८ हजार ४३७, बौद्ध धर्म मान्ने ५३ हजार २९२, इसाई धर्म मान्ने २९ हजार ४५७, इस्लाम धर्म मान्ने तीन हजार ५७०, प्रकृति धर्म मान्ने तीन हजार ९, बोन धर्म मान्ने ५३४, किरात धर्म मान्ने ९५, बहाई धर्म मान्ने ८, जैन धर्म मान्ने ७ र सिख धर्म मान्ने ३ जनाको बसोबास छ ।
मातृभाषा भनेको आमाका काखमा बसेर सिकेको भाषा हो । कर्णाली प्रदेशमा २०६८ र २०७८ को जनगणनातिर दृष्टि लगाउँदा कुनै मातृभाषाको जनसङ्ख्या बढेको छ भने कुनैको घटेको छ । २०६८ को जनगणनामा देखापरेका केही मातृभाषा २०७८ को जनगणनामा हराएका छन् भने २०६८ को जनगणनामा नदेखिएका केही नयाँ मातृभाषा हाल देखापरेका छन् ।
भारोपेली र चिनियाँ—तिब्बती परिवारका विभिन्न भाषा कर्णाली प्रदेशमा प्रचलित छन् । २०७८ को जनगणना अनुसार नेपालमा बोलिने १२४ भाषामध्ये यस प्रदेशमा बोलिने ४८ वटा मातृभाषाको नाम उल्लिखित छ भने अन्य केही भाषा पनि यहाँ प्रचलित रहेको सङ्केत गरिएको छ । यसरी नै दोस्रो भाषाका रूपमा पनि यहाँ केही भाषा प्रचलित छन् ।
यिनका साथै यहाँका बासिन्दाहरूद्वारा प्रयोग गरिएका पुर्ख्यौली भाषा पनि कर्णाली प्रदेशसँग सम्बद्ध भाषा हुन् । तिनको स्थिति के कस्तो छ भन्ने विषयमा यस लेखमा विवेचना गरिएको छ ।
- मातृभाषाको स्थिति
मातृभाषा भनेको आमाका काखमा बसेर सिकेको भाषा हो । कर्णाली प्रदेशमा २०६८ र २०७८ को जनगणनातिर दृष्टि लगाउँदा कुनै मातृभाषाको जनसङ्ख्या बढेको छ भने कुनैको घटेको छ । २०६८ को जनगणनामा देखापरेका केही मातृभाषा २०७८ को जनगणनामा हराएका छन् भने २०६८ को जनगणनामा नदेखिएका केही नयाँ मातृभाषा हाल देखापरेका छन् । समग्र स्थितिलाई नियाल्दा यहाँ प्रचलित मातृभाषाहरू र तिनका वक्ताको सङ्ख्या निम्नानुसार छ-
कर्णाली प्रदेशमा मातृभाषाका रूपमा बोलिने भाषाहरू र तिनको वक्ता सङ्ख्या
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कायमै, यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
-
ट्रम्पले किन भने-फ्रान्सका राष्ट्रपति म्याक्रों र बेलायती प्रधानमन्त्री स्टार्मरले सिन्को भाँचेनन् ?
-
बुण्डेस लिगामा फ्रिबर्गको फराकिलो जित
-
महाकालीको बार आज कसलाई कति फलदायी ? हेरौं राशिफल
-
शनिबार धेरैजसो विदेशी मुद्राको मूल्य वृद्धि
-
ला लिगामा २५ औं चरणको पहिलो खेलमा सेल्टा भिगो विजयी