सहकारीको एक अर्ब ४९ करोड हिनामिना अभियोगमा पक्राउ
शुक्रबार, ०९ फागुन २०८१, १० : १७

म्याग्दी । बेनीमा सञ्चालित कुमारी बहुउद्देश्यीय सहकारी संस्थाको रु एक अर्ब ४९ करोड अपचलनमा संलग्न भएको अभियोगमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ ।
बेनी नगरपालिका–४ का लोकेश पुनमगरलाई पक्राउ गरी बिहीबार जिल्ला अदालत म्याग्दीबाट फागुन १३ गतेसम्मका लागि म्याद थप गरी हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरी निरीक्षक सागर पौडेलले मङ्गलबार पक्राउ परेका पुनलाई यसअघि माघ २० गते पक्राउ परेका अन्य पाँच जनासँगै अदालत उपस्थित गराउने गरी म्याद थप भएको बताए ।
पोखरास्थित सहकारी रजिष्ट्रारको कार्यालयका अनुसार छ हजार बचतकर्ता रहेको कुमारी सहकारीको रु एक अर्ब ४९ करोड अपचलनमा संलग्न पुनलगायत अभियुक्तविरुद्ध सहकारी ऐन–२०७४ अनुसार कारबाही थालिएको हो । उनी सहकारीका पूर्वसञ्चालक हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्धारित समय अगावै ‘ग्रे लिष्ट’बाट बाहिर निस्कन्छौँ : अर्थमन्त्री पौडेल
-
पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कायमै, यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
-
ट्रम्पले किन भने-फ्रान्सका राष्ट्रपति म्याक्रों र बेलायती प्रधानमन्त्री स्टार्मरले सिन्को भाँचेनन् ?
-
बुण्डेस लिगामा फ्रिबर्गको फराकिलो जित
-
महाकालीको बार आज कसलाई कति फलदायी ? हेरौं राशिफल
-
शनिबार धेरैजसो विदेशी मुद्राको मूल्य वृद्धि