तीन वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, एकको अवस्था गम्भीर
शुक्रबार, ०९ फागुन २०८१, १० : ११

भक्तपुर । सूर्यविनायक नगरपालिका–९ नलिञ्चोकमा गए राति विपरीत दिशाबाट आएका तीन मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् ।
भक्तपुर जिल्ला ट्राफिक प्रहरी परिसरका अनुसार दुर्घटनामा रामेछाप सुनापाती गाउँपालिका–४ का २१ वर्षीय तिम्बा दोर्जे तामाङको मृत्यु भएको हो । गम्भीर घाइते भएका निजको इवामुरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
दुर्घटनामा सूर्यविनायक नगरपालिका–९ काक्राबारीका २४ वर्षीय साजन तामाङको अवस्था गम्भीर छ । निजको ठिमीस्थित मध्यपुर अस्पतालमा उपचार भइरहेको छ ।
त्यसैगरी दुर्घटनामा घाइते भएका रामेछाप मन्थली नगरपालिका–११ का ३९ वर्षीय टीकाराम श्रेष्ठ उपचारपछि घर फर्केका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा वन्यजन्तु उद्धार केन्द्र निर्माण अन्तिम चरणमा
-
खुट्टाले बताउँछ तपाईँको स्वास्थ्यको अवस्था !
-
चिमामान्डा अदिचीको नयाँ पुस्तक ‘ड्रिम काउन्ट’ र अफ्रिकी चेतना
-
‘खानेपानीको सुविधा भयो, गाउँ छाडेर जान मन लाएको छैन’
-
फेरि एकपटक रश्मिका मन्दना र विजयको प्रेमको चर्चा
-
मानसिक स्वास्थ्य सुधार गर्न अपनाउनुपर्ने ५ बानी