शनिबार, १० फागुन २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

मस्कले पूर्व राष्ट्रपति जो बाइडेनलाई किन बनाए निशाना ?

शुक्रबार, ०९ फागुन २०८१, ०९ : २२
शुक्रबार, ०९ फागुन २०८१

वासिङ्टन डीसी । अमेरिकी खर्बपति व्यापारी एलन मस्कले कन्जरभेटिभ पोलिटिकल एक्सन कन्फरेन्सको प्लेटफर्ममा सरकारको दक्षता विभाग (डज)सँग सम्बन्धित धेरै जानकारी दिए र देशका पूर्व राष्ट्रपति जो बाइडेनमाथि पनि आरोप लगाए । 

मस्कले डजको नेतृत्व गरिरहेका छन् । उनको  यस विभागको उद्देश्य सरकारी विभागहरूको खर्च घटाउनु हो । मस्कको साथमा उयक्त मञ्चमा अर्जेन्टिनाका राष्ट्रपति जेभियर मिलेई पनि मञ्चमा उपस्थित थिए । उनले मस्कलाई आरा मेसिन उपहार दिएका थिए । 

मस्क अमेरिकामा सरकारी खर्च घटाउने प्रयासमा संलग्न छन् । यो कुरा देखाउन राष्ट्रपति मिलेइले मस्कलाई आरा उपहार दिएका थिए ।आफ्नो कुराकानीको क्रममा मस्कले धेरै विषयमा बोलेका थिए । 

कार्यक्रममा उनलाई पूर्व अमेरिकी राष्ट्रपति जो बाइडेनले अन्तरिक्षमा लामो समय देखि फसेका दुई अन्तरिक्षयात्रीहरूलाई पृथ्वीमा फिर्ता ल्याउन मस्कको अन्तरिक्ष अन्वेषण कम्पनी स्पेसएक्सको सहयोग लिनु नपरोस् भनेर जानाजानी अन्तरिक्ष यात्रीहरूलाई अन्तरिक्षमा छोडेका हुन् त भनेर सोधिएको थियो । यसको जवाफमा मस्कले भने, ‘हो, अवश्य’ भनेर भनेका थिए । ‘सुनिता विलियम्स र विलमोर बुचलाई चाँडै धर्तीमा ल्याउन फिर्ता ल्याउन सक्थ्यौँ, तर उनी राष्ट्रपति ट्रम्पलाई समर्थन गर्ने कसैसँग सम्बन्धित हुन चाहँदैनन् ।’ मस्कले भने । 

गएको वर्षको जुनको सुरुमा ८ दिनका लागि अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनमा गएका सुनिता र बुच अहिले पनि त्यही छन् । उनीहरूलाई बोकेर गएको बोइङको अन्तरिक्ष यानमा समस्या आएको थियो । केही महिनापछि उक्त यान रित्तै फर्कियो । उनीहरूलाई स्पेशएक्समा अन्तरिक्ष यानमा पृथ्वीमा फर्काउने योजना छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप