बागमतीमा ८६ प्रतिशत किशोरीले मात्रै लगाए एचपीभी खोप
_F7gxUrNL2w.jpg)
मकवानपुर । सरकारले सञ्चालन गरेको पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप अभियानमा बागमती प्रदेशका लक्षित किशोरीमध्ये ८६ प्रतिशतले मात्रै खोप लगाएका छन् ।
बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार प्रदेशका १३ जिल्लाका दुई लाख ५६ हजार १९१ जनाले मात्रै खोप लगाएका हुन् । अभियानमा दुई लाख ९८ हजार ९०५ जना किशोरीलाई खोप लगाउने लक्ष्य राखिएको थियो । अभियान गत २२ माघदेखि सुरु भएर ६ फागुनमा सकिएको हो ।
१३ जिल्लामध्ये लक्ष्यको सबैभन्दा बढी नुवाकोटमा शतप्रतिशत किशोरीहरूले खोप लगाएका छन् । मन्त्रालयका अनुसार नुवाकोटमा ११ हजार १७८ जनालाई खोप लगाउने लक्ष्य लिइएकोमा अभियानको अन्तिम दिन फागुन ६ गतेसम्म ११ हजार १६० जना किशोरीहरूले खोप लगाएका हुन् ।
यस्तै दोलखामा लक्षित किशोरीमध्ये ९९ प्रतिशतले खोप लगाएका छन् । दोलखामा छ हजार ५२० जना किशोरीलाई खोप लगाउने लक्ष्य राखिएकोमा छ हजार ४८० जनाले खोप लगाएका हुन् ।
यसैगरी, रामेछापका सात हजार ७८ जना किशोरीलाई खोप लगाउने लक्ष्य राखिएकोमा ६ हजार ९५२ अर्थात् ९८ प्रतिशत, सिन्धुपाल्चोकका १० हजार ४६८ मध्ये १० हजार ११७ अर्थात् ९७ प्रतिशत, सिन्धुलीका १४ हजार ६२२ मध्ये १४ हजार ८२ अर्थात् ९६ प्रतिशत, बागमती प्रदेशमा सबैभन्दा कम रसुवाका एक हजार ६८६ जनामा एक हजार ६२० अर्थात् ९६.१ प्रतिशतलाई एचपीभी खोप लगाइएको प्रदेश स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यस्तै मन्त्रालयका अनुसार काभ्रेका १६ हजार ११३ जनामा १५ हजार ५१५ अर्थात् ९६ प्रतिशत, धादिङका १४ हजार ५७३ जनामा १३ हजार ८२४ अर्थात ९५ प्रतिशत, मकवानपुरका २२ हजार ७१३ जनामा २० हजार ९३ अर्थात ८८ प्रतिशत, चितवनका ३१ हजार ५७० जनामा २६ हजार ४४७ अर्थात ८४ प्रतिशत किशोरीले खोप लगाएका छन्।
यस्तै, भक्तपुरका १९ हजार २९५ जनामा १६ हजार ३७६ अर्थात ८५ प्रतिशत, प्रदेशमा सबैभन्दा बढी काठमाडौंका एक लाख ११ हजार १०४ जनामा ८८ हजार १०८ अर्थात ७९ प्रतिशत र ललितपुरका ३१ हजार ९८५ जनामा २५ हजार ११७ जना अर्थात ७९ प्रतिशत किशोरीले एचपीभी खोप लगाएका छन् ।
गएको माघ २२ गतेबाट सुरु भएको अभियान ६ फागुनसम्म चलेको थियो । अभियानका क्रममा कक्षा ६ देखि १० सम्म अध्ययनरत छात्रा र विद्यालयबाहिर रहेका १० देखि १४ वर्षका किशोरीलाई स्थानीय तहमा रहेका केन्द्रहरूमार्फत खोप प्रदान गरिएको छ ।
खोप अभियान सञ्चालनका लागि प्रदेशमा आठ हजार ७३६ स्वयंसेवक र चार हजार ३२४ जना कर्मचारी खटाइएको प्रदेशको स्वास्थ्य मन्त्रालयले जनाएको छ । अभियानमा खोप लगाउन छुटेका किशोरीलाई नजिकैको स्वास्थ्य संस्थाबाट खोप लगाउने व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हुम्लाका दुर्गम गाउँमा टेलिकमको ‘फोरजी’ सञ्चालनमा
-
१२ बजे, १२ समाचार : पशुपति जलहरी प्रकरणमा अख्तियारद्वारा सर्वोच्च्मा पुनरावलोकन दर्तादेखि सुप्रिम सहकारी ठगीमा रवि र छविको मुद्दा एकसाथ सुनुवाई हुनेसम्म
-
रिंकु र प्रकृतिका लागि न्याय माग्दै सिराहामा प्रदर्शन
-
गुल्मीको इस्मा गाउँपालिकामा कपडा बैङ्क स्थापना
-
फिल्म ‘लाज शरणम’को जाँचपछि सेन्सर बोर्डले के भन्यो ?
-
किन पर्यो नेपाल ‘ग्रे लिष्ट’मा, यसले कस्तो प्रभाव पर्छ ?