शनिबार, १० फागुन २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

प्रतिष्ठान र परिसङ्घबिच सहकार्यको समझदारी

शुक्रबार, ०९ फागुन २०८१, ०७ : ४०
शुक्रबार, ०९ फागुन २०८१

काठमाडौँ । नीति अनुसन्धान प्रतिष्ठान र नेपाल उद्योग परिसङ्घिबच नीतिगत विषयमा सहकार्यको समझदारी भएको छ । 

नेपाल सरकारलाई नीतिगत विषयमा अनुसन्धान गर्दै सुझाव दिँदै आएको प्रतिष्ठान र उत्पादनमूलक एवं सेवामूलक उद्योगको प्रतिनिधिमूलक संस्था परिसङ्घबीच उद्योग, सेवा र सम्बद्ध सबै क्षेत्रका सार्वजनिक नीति अनुसन्धानमा सहकार्य गर्ने गरी समझदारी भएको हो ।

समझदारीपत्रमा प्रतिष्ठानका कार्यकारी अध्यक्ष लेखनाथ शर्मा र परिसङ्घको तर्फबाट महानिर्देशक घनश्याम ओझाले बिहीबार हस्ताक्षर गरे । हस्ताक्षरपछि उनीहरूले प्रतिष्ठान र परिसङ्घको सहकार्यबाट समग्र अर्थतन्त्रको विकासमा योगदान पुग्ने विश्वास व्यक्त गरे।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप