महालक्ष्मीको बार आज कसलाई कति लाभ ? हेरौँ राशिफल

आज विक्रम संवत २०८१ साल फाल्गुन ९ गते, शुक्रबार । ईश्वी सन् २०२५ फेव्रुवरी २१ तारिख । नेपाल संवत् ११४५ । कालयुक्तनाम संवत्सर । उत्तरायणं । शिशिर ऋतु । श्रीशाके १९४६ । फाल्गुन कृष्णपक्ष । तिथि– अष्टमी, ४ घडी ४६ पला, बिहान ८ बजेर ३२ मिनेट उप्रान्त नवमी । नक्षत्र–अनुराधा, १५ घडी ५३ पला, बिहान १२ बजेर ५९ मिनेट उप्रान्त ज्येष्ठा । योग–व्याघात, ७ घडी २० पला, बिहान ९ बजेर ३४ मिनेट उप्रान्त हर्षण । करण– कौलव, बिहान ८ बजेर ३२ मिनेट उप्रान्त तैतिल, बेलुकी ९ बजेर १३ मिनेट उप्रान्त गर । आनन्दादिमा–राक्षस योग । चन्द्रराशि–बृश्चिक । काठंमाडौमा सूर्योदय बिहान ०६ बजेर ३८ मिनेट । सूर्यास्त बेलुकी ५ बजेर ५८ मिनेट । दिनमान २८ घडी २० पला ।
आजको बार बेला
बिहान ०६ बजेर ३८ मिनेटसम्म चर बेला ।
बिहान ६ बजेर ३९ मिनेटदेखि बिहान ८ बजेर ३ मिनेटसम्म लाभ बेला ।
बिहान ८ बजेर ४ मिनेटदेखि बिहान ९ बजेर २८ मिनेटसम्म अमृत बेला ।
बिहान ०९ बजेर २९ मिनेटदेखि बिहान १० बजेर ५३ मिनेटसम्म काल बेला ।
बिहान १० बजेर ५४ मिनेटदेखि बिहान १२ बजेर १८ मिनेटसम्म शुभ बेला ।
मध्यान्ह १२ बजेर १९ मिनेटदेखि दिउँसो १ बजेर ४३ मिनेटसम्म रोग बेला ।
दिउँसो १ बजेर ४४ मिनेटदेखि दिउँसो ३ बजेर ८ मिनेटसम्म उद्धेग बेला ।
दिउँसो ४ बजेर ९ मिनेटदेखि बेलुकी ४ बजेर ३३ मिनेटसम्म चर बेला ।
बेलुकी ४ बजेर ३४ मिनेटदेखि बेलुकी ७ बजेर ३३ मिनेटसम्म रोग बेला ।
नोट : शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृत बेलाको समय पारेर गर्नुहोला ।
राहुकाल
बिहान १० बजेर ५३ मिनेटदेखि दिउँसो १२ बजेर १८ मिनेटसम्म राहुकाल रहनेछ ।
नोट : राहुकालको समयमा कुनै पनि शुभ कार्य नगर्नुहोला ।
ब्रम्हा मुहुर्त
बिहान ५ बजेर २ मिनेटदेखि बिहान ५ बजेर ५० मिनेटसम्म ब्रम्हा मुहुर्त रहनेछ ।
आजको राशिफल
मेष (चु,चे,चो,ला,लि,लु,ले,लो,अ) पढाइ लेखाइमा उपलब्धि हात पार्नको लागि कडा मेहनेतको खाचो पर्नेछ । व्पायार व्यवसायमा समय दिन नसक्दा आम्दानीमा घटोत्तरी हुनेछ । आफन्त तथा दिदिबहिनीसँग सामान्य कुरामा पनि मनमुटाव बढ्ने योग रहेकोछ । स्थायी सम्पत्ति तथा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला समय मध्ययम रहेकोछ । प्रेममा खटपट भई टाडिनु पर्दा मन खिन्न हुनेछ ।
बृष (इ,उ,ए,ओ,वा,वि,वु,वे,वो) साझेदारी व्यवसायमा एक अर्काको विचार नमिल्दा केही दिनको लागि काम बन्द हुनेछ । महिलामित्र तथा विपरीत लिङगसँग पनि मतभेत देखिने प्रशस्त सम्भावना रहेकोछ । भौतिक सम्पत्ति तथा सवारी साधनको प्रयोग गर्दा ख्याल गर्नुहोला बढि नै उत्साही हुँदा नराम्रा घट्नाहरुको सामना गर्नु पर्नेछ । व्यवसायिक यात्रा हुने भए पनि कष्ट कर नहोला भन्न सकिन्न । मनमा बेचैनले गतिलो डेरा जमाउनेछ । र, पनि माया प्रेममा रमाउन चाहनेहरुका लागी समयल साथ दिनेछ ।
मिथुन (का,कि,कु,घ,ङ,छ,के,को,हा) मनोरञ्जनमा अलमलिदा लक्ष्य प्राप्तिमा बिलम्ब हुनेछ । आफन्त तथा साथभाइहरुसँग विवाद बढ्नेछ । शत्रुहरु लाग्नेछन् भने न्यायिक निर्णयहरु तपाईंको विपक्षमा फैसला हुनेछन् । र पनि व्यापार तथा उद्योगबाट आंशिक लाभ हुनेछ । आफन्त तथा मावलीपक्षबाट आर्थिक सहयोग प्राप्त हुनेछ । अध्ययनमा मन जाने तथा अध्ययनकै सवालमा यात्रा हुने ग्रहयोग रहेकोछ ।
कर्कट (हि,हु,हे,हो,डा,डि,डु,डे,डो) मन परेको मानिसबाट उपहार प्राप्तिको योग रहेकोछ । माया प्रेममा रमाउन चाहनेहरुका लागी समयले साथ दिनेछ भने यात्राको अवसर जुर्नेछ । विलाशी सामानको प्रयोगमार्फत अरुको मन लोभ्याउन सकिनेछ । खाद्यान्न तथा गरगहनाको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ । राजनीति तथा सामाजिक काममा आलोचना सहितको समर्थन प्राप्त हुने र पद प्राप्तीको योग रहेकोछ । अध्ययन वा कामको शिलशिलामा लामो दुरीको वैदेशिक यात्रा हुनेछ ।
सिंह (मा,मि,मु,मे,मो,टा,टि,टु,टे० घर जग्गा तथा पैत्रिक सम्पत्तिमा विवाद बढ्ने ग्रहयोग रहेकोछ । सवारी साधनको प्रयोग गर्दा ख्याल गर्नुहोला नसोचेको घट्ना घट्न सक्छ । राजनीति तथा समाजसेवामा तपाईको प्रभाव कमजोर भएर जानेछ । व्यापार व्यवासायमा लगानी गरेपनि आम्दानी कम हुने हुँदा दैनिकी प्रभावित हुन सक्छ ध्यान दिनुहोला । उच्च महत्वकांक्षाले समस्या निम्तन सक्छ ध्यान दिनुहोला । प्रेममा सामान्य विवाद हुने योग रहेकोछ ।
कन्या (टो,पा,पि,पु,ष,ण,ठ,पे,पो) दौडधुप तथा लामो खटाइले मात्र कार्य सम्पादन हुनेछन् । पुराना मुद्दाहरुको निर्णय तपाईंको पक्षमा नआउने तथा नया विवादमा फस्ने योग रहेकोछ । आफुभन्दा ठुला तथा प्रतिष्ठित व्याक्ति हरुसँग विवाद बढ्ने योग रहेकोछ । र, पनि सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोगमार्फत आफ्ना विचारहरु जनमानसमा लैजान सकिनेछ । उद्योग तथा व्यापारमा लगानी गर्ने अवसर आएपनि तत्काल भन्दा पनि पछिको लागि फाइदा हुनेछ ।
तुला (रा,रि,रु,रे,रो,ता,ति,तु,ते) व्यवसाय फस्टाएर जाने तथा आर्थिक अवस्था सुदृड हुनेछ । आफ्नो सञ्चित सम्पतिको प्रयोग गरी आम्दानीका स्रोतहरु फराकिला पार्न सकिनेछ । गीत संगीतमा लाग्नेहरुका लागि समयले साथ दिनेछ । विचारमा आउने परिवर्तनले राम्रा काम गर्न सकिनेछ । तपाईंको बोलिको सबैले कदर गर्नेछन् । आफन्त तथा कुटुम्बसँग बसेर स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ ।
बृश्चिक (तो,ना,नि,नु,ने,नो,या,यि,यु) क्षमता प्रदशन गरेर नाम तथा दाम दुबै कमाउन सकिनेछ । अध्ययनमा सुधार भएर जानेछ भने अरुलाई पछाडि छोडेर अग्र पंतिमा आउन सकिनेछ । मेहनेत गर्दा आटेको काम बन्नेछ भने जुझारु कार्यशैलीले लक्ष्य तथा गन्तव्य पहिल्याउन सहज हुनेछ । परिवारका साथ रमाइलो वातावरणमा स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । समाजसेवामा समय दिन सक्दा मान सम्मानमा बृद्धि भएर जानेछ ।
धनु (ये,यो,भा,भि,भु,ध,फा,ढा,भे) न्यून पारिश्रमिकमा दिनभर समय व्यतित गर्नुपर्दा अन्य काममा समय दिन सकिने छैन । काम गर्दा सावधानी अपनाउनुहोला, खराब व्यक्तिको विश्वास गर्नाले जरिवाना तिर्नुपर्नेछ । माया प्रेममा एक अर्काबीच वैमनस्यता बढ्नेछ । घर भित्रकै मानिसहरुबाट धोका हुने सम्भावना रहेकोले सचेत रहनुहोला । स्वास्थ्य सम्बन्धी सामान्य समस्या देखापर्न सक्ने तथा उपचार खर्च बढ्ने ग्रहयोग रहेको छ । र, पनि लामो दुरीको वैदेशिक यात्राको तय हुनेछ भने विदेशी सामानको व्यापार व्यवसाय फस्टाएर जानेछ ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गी) भौतिक सम्पत्तिहरु जुट्नेछन् भने उपहार प्राप्त हुने योग रहेकोछ । नयाँ कामहरु गरेर आम्दानीका स्रोतहरु बढाउन सकिनेछ । सरकारी सम्पत्ति तथा पैत्रिक सम्पत्ति हात लागी हुने प्रसस्त सम्भावना रहेको छ । दाजुभाई वा अग्रजहरुको सुझाव तथा सल्लाह मानेर अगाडि बढ्दा सफलता पाउन सकिनेछ । विद्यामा राम्रो प्रगत्ति हुने हुँदा पढाइ लेखाइमा मन जानेछ । बौद्धिकता प्रयोग गरी समाजमा राम्रा काम गरेर देखाउन सकिनेछ भने आस मारेको काम बन्नाले उत्साह जाग्नेछ ।
कुम्भ (गु,गे,गो,सा,सि,सु,से,सो,दा) स्वास्थ्य कमजोर रहने र पारिवारिक स्वास्थ्यमा धन खर्च हुनेछ । जग्गा तथा सवारी साधन सम्बन्धी झमेलामा फस्ने ग्रहयोग रहेकोले ख्याल गरेर काम गर्नुहोला । राजनीति तथा समाजसेवामा जनताको काम गर्दा गर्दै आलोचनाको शिकार होइनेछ । माया प्रेममा एक अर्कालाई विश्वास गर्न नसक्दा छुट्टिनु पर्ने बाध्यता आउनेछ । र, पनि वैदेशिक रोजगारीको आम्दानीले सम्पत्ति जोड्न टेवा पुग्नेछ । अध्ययनमा मन जाने तथा अध्ययनकै सवालमा यात्रा हुनेछ ।
मीन (दि,दु,थ,झ,ञ,दे,दो,चा,ची) नसोचेको उपलब्धि हासिल हुनेछ । समयले साथ दिने हुनाले तारिफयोग्ग काम गरि चर्चा बटुल्न सकिनेछ । खोज तथा अनुसन्धानको क्षेत्रमा थोरै समय लगानी गर्दा पनि राम्रो नतिजा हात लाग्नेछ । दाजुभाई तथा आफन्तको सहयोग पाइने हुनाले असजिला कामहरु सहजै सल्टाउन सकिनेछ । माया प्रेममा सामिप्यता बढ्ने योग रहेकोछ । लामो दुरीको धार्मिक तथा शैक्षिक यात्राको प्रसस्त सम्भावना रहेकोछ ।
तपाईंको दिन शुभ रहोस्,
-ज्योतिषी दुर्गा प्रसाद भण्डारी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हुम्लाका दुर्गम गाउँमा टेलिकमको ‘फोरजी’ सञ्चालनमा
-
१२ बजे, १२ समाचार : पशुपति जलहरी प्रकरणमा अख्तियारद्वारा सर्वोच्च्मा पुनरावलोकन दर्तादेखि सुप्रिम सहकारी ठगीमा रवि र छविको मुद्दा एकसाथ सुनुवाई हुनेसम्म
-
रिंकु र प्रकृतिका लागि न्याय माग्दै सिराहामा प्रदर्शन
-
गुल्मीको इस्मा गाउँपालिकामा कपडा बैङ्क स्थापना
-
फिल्म ‘लाज शरणम’को जाँचपछि सेन्सर बोर्डले के भन्यो ?
-
किन पर्यो नेपाल ‘ग्रे लिष्ट’मा, यसले कस्तो प्रभाव पर्छ ?