शनिबार, १० फागुन २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

युरोपा लिगको अन्तिम १६ मा पुग्ने सबै आठ टोलीको टुंगो, रियाल सोसिडाडको शानदार प्रदर्शन

शुक्रबार, ०९ फागुन २०८१, ०५ : ०४
शुक्रबार, ०९ फागुन २०८१

काठमाडौं । युरोपा लिगको अन्तिम १६ मापुग्ने सबै आठ टोलीको टुंगो लागेको छ । बिहीबार राती भएका नकआउट चरण प्लेअफ दोस्रो लेगका खेलमास्पेनको रियाल सोसिडाड ५-२ को जित निकाल्दै समग्रमा ७-३ ले अघिल्लो चरण प्रवेश गर्यो । 

उसले डेनमार्कको मिडिजिल्याण्डविरुद्ध दुबै लेगमा जित निकाल्यो । उता, पोर्चुगलको एफसी पोर्टोलाई हराउँदै इटालीको एएस रोमा अन्तिम १६ मा पुगेको छ । रोमाले ४-३ को संघर्षपूुर्ण जित निकाल्दै अन्तिम १६ को यात्रा तय गरेको हो । 

यस्तै, नर्वेको बोडो ग्लिम्ट, रोमानियाको एफसीएसबी, टर्कीको गालातासारे,  नेदरल्याण्डसको आयाक्स, टर्कीको फेनरबेश र चेक गणतन्त्रको भिक्टोरिया प्लेजेन अन्तिम १६ मा पुगेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप