सशस्त्रका ३ जना एसएसपीलाई डीआईजीमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सशस्त्र प्रहरी बलका ३ जना वरिष्ठ उपरीक्षक (एसएसपी) हरूलाई नायव महानिरीक्षक (डीआईजी)मा बढुवा गर्न सिफारिस गरिएको छ । बिहीबार बसेको बढुवा समितिको बैठकले बढुवा सिफारिस सूचि प्रकाशन गरेको हो ।
डीआईजी बढुवाको पहिलो नम्बरमा कृष्ण ढकाल छन् । उनी सशस्त्र प्रहरी स्थापनापछि इन्स्पेक्टरमा भर्ना भएका पहिलो अर्थात् सिसम–१ का अधिकृत हुन् । सिसम–२ का दीपेन्द्र कुँवर र विष्णुप्रसाद भट्ट डीआईजीमा सिफारिस भएका छन् ।
बढुवा प्रतिस्पर्धामा रहेका सिसम–१ का मनिष थापा छुटेका छन् । उनी ढकालसँगै २०५९ कार्तिक २६ मा सेवा प्रवेश गरेका थिए । बढुवा सिफारिस भएका भट्ट हाल युएन मिसन अन्तर्गत सोमालियामा कार्यरत छन् । सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक मध्येमा १ नम्बर बरीयताका कृष्ण पाठक पनि छुटेका छन् ।
उनी नेपाल प्रहरीको प्राविधिकतर्फबाट सशस्त्रमा प्रवेश गरेका थिए । पाठकले एपिएफ कमान्ड तथा स्टाफ कलेज पास गरेका छैनन् । सशस्त्र प्रहरी नियमावली–२०७२ अनुसार सशस्त्रमा डीआईजी हुन स्टाफ कलेज पुरा गर्नुपर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टिपरको ठक्करले मनाङमस्र्याङ्दी जलविद्युत् आयोजनामा चिनियाँ कामदारको मृत्यु
-
१२ बजे, १२ समाचार : दुर्गा प्रसाईंको ज्यानको सुरक्षाका लागि आह्वानदेखि सडक विभागका पूर्वमहानिर्देशकले ओगटेको जग्गा जफतसम्म
-
दुर्गा प्रसाईंको ज्यानको सुरक्षाका लागि आह्वान
-
नेपाल प्रहरीले भन्यो–‘दुर्गा प्रसाईंको खोजी हुँदैछ’
-
घाइते हात्ती बस्ती नजिक आउन थाले
-
चीनले गरेको विकास नेपालका लागि प्रेरणा : दिनानाथ शर्मा