ट्रम्प ‘विश्वको सम्राट’ बन्न चाहनुहुन्छ : राष्ट्रपति लुला

ब्रासिलिया । ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले बिहीबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई ‘विश्वको सम्राट बन्न’ चाहेको आरोप लगाउँदै उनलाई अन्य देशको सार्वभौमसत्ताको सम्मान गर्न आह्वान गरेका छन् ।
‘दोस्रो विश्वयुद्ध पछिको लोकतन्त्र पछिल्लो ७० वर्षको सबैभन्दा राम्रो शासनको उदाहरण बनेको छ’, स्थानीय रेडियो स्टेशनसँगको अन्तर्वार्तामा लुलाले भने, ‘तर (ट्रम्प) ले जसरी काम गर्नुहुन्छ, उहाँ विश्वको सम्राट बन्ने कोशिश गरिरहनुभएको छ, उहाँ सबै देश र सबै सार्वजनिक नीतिहरूमा हस्तक्षेप गर्ने कोशिश गरिरहनुभएको छ ।’
लुलाको टिप्पणी ट्रम्पले युक्रेनका नेता भोलोदिमर जेलेन्स्कीलाई ‘तानाशाह’ भन्दै आक्रोश व्यक्त गरेपछि र उनको देशमाथि रुसको आक्रमणको दोष उनमाथि थोपरेपछि आएको हो । वासिङ्टनले युद्ध अन्त्य गर्ने प्रयासमा रुससँग प्रत्यक्ष वार्ता गरेर किएभलाई चिढ्याएको छ ।
लुलाले विशेष उदाहरणहरू दिएनन् तर ट्रम्पलाई ‘प्रत्येक देशको सार्वभौमिकताको सम्मान गरिनुपर्छ भन्ने महसुस गर्न’ आग्रह गरे । जनवरीमा पदभार ग्रहण गरेदेखि ट्रम्पसँग कुरा नगरेका लुलाले संयुक्त राज्य अमेरिका ब्राजिलका लागि महत्त्वपूर्ण व्यावसायिक साझेदार भएको दोहोर्याए र ‘मित्रता’ को ठूलो सङ्केतका लागि आग्रह गरे ।
‘हामी यो संरक्षणवाद रोक्न चाहन्छौँ’, उनले स्टिलजस्ता ब्राजिलका उत्पादनहरूमा वासिङ्टनले घोषणा गरेको करलाई उल्लेख गर्दै भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रिंकु र प्रकृतिका लागि न्याय माग्दै सिराहामा प्रदर्शन
-
गुल्मीको इस्मा गाउँपालिकामा कपडा बैङ्क स्थापना
-
फिल्म ‘लाज शरणम’को जाँचपछि सेन्सर बोर्डले के भन्यो ?
-
किन पर्यो नेपाल ‘ग्रे लिष्ट’मा, यसले कस्तो प्रभाव पर्छ ?
-
सार्कलाई रोक्नका लागि को जिम्मेवार हो,दक्षिण एसियामा सबैलाई थाहा छ : भारतीय विदेश मन्त्रालय
-
गण्डकी सरकारका काममा सत्तारुढ सांसद नै असन्तुष्ट