धोविखोलामा लगातार गाडी खसेपछि प्रहरीको अस्थायी जुक्ति
बिहीबार, ०८ फागुन २०८१, २२ : १७
.._6Ya8LR64RZ.jpg)
काठमाडौँ । काठमाडौँको अनामनगरस्थित धोविखोलामा लगातार गाडी खसेपछि प्रहरीले अस्थायी समाधानको उपाय निकालेको छ । प्रहरी वृत्त सिंहदरबारले डोरी र रिफ्लेक्टरको सहयोगमा अस्थायी रूपमा गाडी खस्ने समस्या रोक्ने उपाय निकालेको हो ।
बिहीबार सिंहदरबारका डिएसपी गंगा पौडेल र ट्राफिक प्रहरीका इन्स्पेक्टरले स्थानीयहरूसँग मिलेर अस्थायी बारको रूपमा डोरी टाँगेका हुन् । स्थायी बार नबन्दासम्मको लागी डोरी र रिफ्लेक्टर टाँगिएको डिएसपी गंगा पौडेलले रातोपाटीलाई बताए ।
अनामनगरस्थित मदन भण्डारी कलेजनजिकै पर्ने सो स्थानबाट पुस २१ मा बिएए–८७१४ नम्बरको कार र गत सोमबार बा.२१ च ६६१४ नम्बरको कार धोविखोलामा खसेको थियो । त्यसअघि एउटा ट्याक्सी पनि दुर्घटनामा परेको थियो ।
स्थानीयको सहयोगमा अस्थायी रूपमा दुर्घटना रोक्ने उद्देश्यले डोरीको बार लगाएको डिएसपी पौडेलले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अपाङ्गताको पेन्सन थाप्न १६ वर्ष बोल्न नसक्ने अभिनय
-
सिन्धुली कलाघर– जहाँबाट सुरु हुँदैछ विश्वलाई जोड्ने कला–क्रान्ति
-
रजत विजेता दावा नगदसहित सम्मानित
-
शिक्षकहरूका माग सम्बोधन गर्न नेता साउदको आग्रह
-
सङ्घलाई जिडिपीको पाँच र प्रदेश तथा स्थानीय तहलाई राजस्वको १२ प्रतिशत नबढ्ने गरी ऋण उठाउन सिफारिस
-
विदेशी बैंकमा सरकारको सेयर लगानी ११ अर्ब ५२ करोड