शुक्रबार, ०९ फागुन २०८१
ताजा लोकप्रिय
आईसीसी च्याम्पियन्स ट्रफी

गिल र शमीको प्रदर्शनमा भारतको विजयी सुरुवात

बिहीबार, ०८ फागुन २०८१, २२ : ०९
बिहीबार, ०८ फागुन २०८१

दुबई । आईसीसी च्याम्पियन्स ट्रफीमा भारतले विजयी सुरुवात गरेको छ । समूह ए अन्तरगतको खेलमा भारत ६ विकेटले विजयी बनेको हो ।

बंगलादेशले जितका लागि प्रस्तुत गरेको २ सय २९ रनको लक्ष्य भारतले ४६.३ ओभरमा ४ विकेटको क्षतिमा पछ्यायो । भारतको जितमा शुभमन गिल नायक बने । उनले शतक बनाउँदै भारतलाई जित दिलाए । एकदिवसीय करियरमा उनको यो आठौँ शतक थियो ।

विश्व वरीयतामा शीर्ष स्थानमा रहेका उनले १२९ बलको सामना गर्दै १०१ रन बनाए । यस क्रममा उनले ९ चौका र २ छक्का प्रहार गरे । उनलाई केएल राहुलले राम्रो साथ दिए । उनले नटआउट रहँदै ४७ बलमा ४१ रन जोडे । उनले १ चौका र २ छक्का हिर्काए ।

यसअघि, कप्तान रोहित शर्माले ३६ बलमा ४१ रन बनाएका थिए । उनले ७ चौका प्रहार गरे । विराट कोहलीले २२ रन तथा श्रेयर ऐयरले १५ रन बनाए । बंगलादेशका लागि रिसाद होसेनले १० ओभर बलिङ गर्दै ३८ रन खर्चेर २ विकेट लिए । तास्किन अहमद र मुस्तफिजुर रहमानको नाममा एक–एक विकेट रह्यो ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बंगलादेशले ४९.४ ओभरमा सबै विकेट गुमाएर २२८ रन बनाएको थियो । टोलीका लागि तोहिद हृदोयले शतकीय इनिङ्स खेले । उनले ११८ बलमा १०० रन बनाउँदै आउट भए । यस क्रममा उनले ६ चौका र २ छक्का प्रहार गरे ।

उनले जकेर अलिसँग मिलेर कीर्तिमानी १ सय ५४ रनको साझेदारी गरे । एकदिवसीयमा छैटौँ विकेटमा बंगलादेशका लागि सबैभन्दा ठुलो साझेदारी हो । जाकेरले ११४ बलमा ६८ रन बनाए । उनले ४ चौका प्रहार गरे ।

ओपनर तान्जिद हसनले २५ रन तथा रिसाद होसेनले १८ रन जोडे । अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । भारतका लागि मोहम्मद शमीले शानदार बलिङ गर्दै ५ विकेट लिए । चोटबाट फर्किएका उनले १० ओभरमा ५३ रन खर्चिए ।

योसँगै उनले एकदिवसीय २०० विकेट पनि पूरा गरेका छन् । मिचेल स्टार्कपछि शामी खेलको आधारमा सबैभन्दा चाँडो यो उपलब्धि हासिल गरेका हुन् । हर्षित रानाले ३ विकेट तथा अक्षर पटेलले २ विकेट लिए । भारतले पाकिस्तान जान नमानेपछि यो खेल यूएईमा खेलाइएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप