राजदूतको स्वागत कार्यक्रम अन्तिम समयमा राजदूतले नै रद्द गरेपछि...

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) मलेसियाको अध्यक्षसहितका पदाधिकारीको टोलीले गत फेब्रुअरी ३ मा नेपाली दूतावास क्वालालम्पुरको कार्यालयमै पुगेर नवनियुक्त राजदूत डा नेत्रप्रसाद तिम्सिनासँग भेट गर्यो । उक्त भेटमार्फत उनको स्वागत तथा सम्मान कार्यक्रमका लागि औपचारिक रूपमै निमन्त्रणा गर्यो । सो अवसरमा राजदूतले फेब्रुअरी १६ मा कार्यक्रम राख्यो सहमति पनि प्रदान गरे ।
तर, उनै राजदूत अन्तिम समयमा कार्यक्रम रद्द गरिदिएपछि हङ्गामा भएको छ । ‘राजदूतज्यूकै सल्लाह र पर्याप्त खाली समयअनुसार कार्यक्रमको मिति, समय र स्थान तय गरियो । होटेलमा कार्यक्रम हल बुकिङ गरियो, निमन्त्रणा पठाइयो, ब्यानर तथा पोस्टर तयार गरेर प्रचारप्रसार गरियो र विभिन्न संघ–संस्था, व्यवसायी, चेम्बर अफ कमर्सका प्रतिनिधि ट्राभल्स एण्ड टुर्सका संचालक सेक्युरिटी कम्पनीको संचालक तथा सयौ अगुवा नेपालीहरूलाई निमन्त्रणा पनि पठाइयो’, एनआरएनए मलेसियाले जारी गरेको विज्ञप्तिमा भनिएको छ । तर, अन्तिम समयमा कार्यक्रमको सम्पूर्ण तयारी पूरा भैइसके पश्चात् राजदूतले व्यस्तताको कारण उपस्थित हुन नसक्ने जानकारी सहित एनआरएनए मलेसियाका अध्यक्षलाई असमर्थताको पत्र पठाएको विज्ञप्तिमा उल्लेख छ ।
अचानक कार्यक्रममा दूतावासको अनुपस्थितिले आफूहरुमात्रै नभई एसिया प्यासिफिक र एनआरएनए आइसिसीसँगै मलेसियामा रहेका सम्पूर्ण नेपाली जनसमुदायमा निराशा थपेको अध्यक्ष राकेश प्रसाद महतो र सचिव विष्णु प्रसाद बरालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
राजदूत एनआरएनएको बारेमा अफवाह फैलाउने केही सीमित व्यक्तिहरूको पक्षको प्रभावमा परेको समेत एनआरएनए मलेसियाले आरोप लगाएको छ ।
विज्ञप्तिमा राजदूत मलेसिया आएदेखि नै राजदूतावासको तर्फबाट एनआरएनएलाई उपेक्षा गरिएको आफूहरूले महसुस गरेको उल्लेख गरिएको छ । राजदूत नगएकै कारण सबै तयारी पूरा भएको कार्यक्रम रद्द गर्नुपरेको आयोजकको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
फिल्म ‘लाज शरणम’को जाँचपछि सेन्सर बोर्डले के भन्यो ?
-
किन पर्यो नेपाल ‘ग्रे लिष्ट’मा, यसले कस्तो प्रभाव पर्छ ?
-
सार्कलाई रोक्नका लागि को जिम्मेवार हो,दक्षिण एसियामा सबैलाई थाहा छ : भारतीय विदेश मन्त्रालय
-
गण्डकी सरकारका काममा सत्तारुढ सांसद नै असन्तुष्ट
-
समानुपातिक प्रतिनिधित्व खुम्च्याएर संविधान संशोधन गरे देशमा ठुलो विद्रोह हुन्छ : श्रेष्ठ
-
नेपाल ग्रे लिष्टमा पर्यो, के भन्छन् अर्थमन्त्री ?