बेलायतका लागि रुसी राजदूत भन्छन्– युक्रेनमा ताजा चुनाव आवश्यक छ

लन्डन । बेलायतका लागि रुसी राजदूत आन्द्रेई केलिनले युक्रेनमा ताजा चुनाव गराउनु आवश्यक रहेको बताएका छन् । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीको कार्यकाल गएको वर्षै सकिइसकेको छ । साउदी अरेबियामा अमेरिकासँगको वार्ताको क्रममा रूसले झूट बोलेको जेलेन्स्कीले भनेका थिए ।
बीबीसीको न्यूजनाइट कार्यक्रममा आन्द्रेई केलिनले जेलेन्स्कीको आरोपको जवाफमा दिँदै यस्तो बताएका हुन् । युक्रेनमा जारी युद्ध अन्त्य गर्न अमेरिकी विदेशमन्त्री मार्को रुबियो र रुसी विदेशमन्त्री सर्गेई लाभरोभबिच साउदी अरबमा शान्ति वार्ता सम्पन्न भएको थियो । यस बैठकमा जेलेन्स्कीलाई बोलाइएको थिएन । यसैबिच जेलेन्स्कीले आफूलाई नबोलाएकोबारे अभिव्यक्ति दिँदै अमेरिका रुसले सृजना गरेको गलत सूचनाका संसारमा रहेको भनेका थिए ।
यसको प्रतिउत्तरमा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले भोलोडिमिर जेलेन्स्कीलाई चुनाव बिनाको तानाशाहको रूपमा वर्णन गरेका थिए । जेलेन्स्कीको राष्ट्रपतिको कार्यकाल मे २०२४ मा समाप्त हुने वाला थियो । तर २०२२ को फेब्रुअरीको अन्त्यतिर रूसले युक्रेनमाथि आक्रमण गरेपछि युक्रेनमा मार्शल ल लागू गरिएको छ । यसका कारण त्यहाँ चुनाव हुन सकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किन पर्यो नेपाल ‘ग्रे लिष्ट’मा, यसले कस्तो प्रभाव पर्छ ?
-
सार्कलाई रोक्नका लागि को जिम्मेवार हो,दक्षिण एसियामा सबैलाई थाहा छ : भारतीय विदेश मन्त्रालय
-
गण्डकी सरकारका काममा सत्तारुढ सांसद नै असन्तुष्ट
-
समानुपातिक प्रतिनिधित्व खुम्च्याएर संविधान संशोधन गरे देशमा ठुलो विद्रोह हुन्छ : श्रेष्ठ
-
नेपाल ग्रे लिष्टमा पर्यो, के भन्छन् अर्थमन्त्री ?
-
१० बजे १० समाचार : नेकपा (एस)को आचारसंहितामा अनैतिक सम्बन्धको सवाल, जलहरी प्रकरणमा अख्तियारको एक्सन