शुक्रबार, ०९ फागुन २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सात करोड रुपैयाँ राजस्व चुहावट गरेको आरोपमा मुद्दा दायर

बिहीबार, ०८ फागुन २०८१, २० : ५६
बिहीबार, ०८ फागुन २०८१

राजस्व चुहावट गरेको आरोपमा पक्राउ परेका एक जनाविरुद्ध राजस्व अनुसन्धान कार्यालय इटहरीले ७ करोड २९ लाख २३ हजार रुपैयाँ मागदाबी गर्दै मुद्दा दायर गरेको छ।  

झापाको भद्रपुरस्थित कृष्ण स्टोरका सञ्चालक सोनु कानुउपर भारतीय कपडा चोरी पैठारी गरी भन्सार महसुल, मूल्य अभिवृद्धि कर र आयकर चुहावट गरेको कसुरमा राजस्व अनुसन्धान कार्यालय इटहरीले अभियोगपत्र दार गरेको
महानिर्देशक चण्डी प्रसाद घिमिरेले बताए । 

राजस्व अनुसन्धान कार्यालय इटहरीबाट २०८० असोज ७ गते राजस्व चुहावट गरेको सूचनाका आधारमा उक्त स्टोरका सञ्चालकले राजस्व चुहावट गरेको पाइएको भेटेको थियो । 

कानुलाई कार्यालयले राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा २ को खण्ड (छ १) को उपखण्ड (क), (ख) र (ङ) बमोजिम उक्त रकम बिगो कायम गरी शतप्रतिशत जरिवाना माग गर्दै उच्च अदालत विराटनगर अस्थायी इजलास इलाममा बिहीबार मुद्दा दायर गरेको हो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप