मैदानभित्र समर्थक पसेर महिला खेलाडीलाई जबरजस्ती अंकमाल : के भन्छ एन्फा ?

काठमाडौँ । अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप फुटबलको सुरक्षामा गम्भीर चुक देखिएको छ । आयोजक नेपाल र लेबानानबिच बिहीबार काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा मैदानभित्र नै असम्बन्धित व्यक्ति प्रवेश गरेका हुन् ।
खेल सकिएपछि दुवै टोलीका खेलाडीहरू हात मिलाउने क्रममा नेपालको राष्ट्रिय झण्डा बोकेका एक युवक मैदानमा प्रवेश गरेर नेपाली महिला खेलाडीलाई जबरजस्ती अंकमाल गर्न पुगेका थिए । उनको हर्कतबाट दुवै टोलीका महिला खेलाडीहरू आश्चर्यमा परेको र असहज महसुस गरेको भिडियोमा देख्न सकिन्छ । पछि उनलाई स्ट्रेचरमा राखेर मैदानबाट बाहिर लगिएको थियो ।
यस विषयमा अखिल नेपाल फुटबल संघका प्रवक्ता सुरेश साहसँग बुझ्दा उनले एक जना फुटबल समर्थक मैदानभित्र प्रवेश गरेको जानकारी दिए । उनलाई सामान्य सोधपुछपछि छाडिएको साहको भनाई छ ।
‘हामी खेलको सुरक्षामा गम्भीर छौँ । त्यही अनुसार सुरक्षाको कडा व्यवस्था गरिएको छ,’ साहले भने, ‘तर, नेपालमा फुटबलको क्रेज निकै बढी छ । यसैबिच एक जना समर्थक मैदानमा प्रवेश गर्नुभएछ । उहाँलाई नियन्त्रणमा लिने क्रममा सामान्य घाइते हुनुभएको छ । त्यही भएर उहाँलाई स्ट्रेचरमा राखेर मैदानबाट निकालिएको थियो ।’
उनले थपे, ‘हामीले यस विषयलाई गम्भीरतापूर्वक लिँदै उहाँलाई नियन्त्रणमा लिएर सोधपुछ गरेका थियौँ । तर, उहाँ सामान्य समर्थकमात्र रहेको खुलेपछि सम्झाएर छाडेका छौँ ।’
आफ्नो दोस्रो खेलमा नेपालले लेबनानलाई १–० गोलले पराजित गरेको छ । पहिलो हाफको अन्त्यतिर नेपालले गरेको एक मात्र गोल निर्णायक बन्यो । खेलको ४२ औँ मिनेटमा साबित्रा भण्डारीको प्रहार लेबनानको खेलाडीलाई लाग्दै जाली चुम्न पुगेको थियो ।
योसँगै नेपाल प्रतियोगिताको फाइनलमा पुगेको छ । नेपालले पहिलो खेलमा कीर्गिस्तानलाई १–० गोलले हराएको थियो ।
नेपालले अब फागुन ११ मा शीर्ष स्थानमा रहेको म्यानमारसँग खेल्नेछ । फाइनल खेल फागुन १४ गते यी दुवै टोलीबिच हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अर्जेन्टिनाका गोलकिपरले किन खाए प्रशिक्षकको गाली ?
-
योगी आदित्यनाथको जीवनमा आधारित फिल्म पाँच भाषामा रिलिज हुने
-
‘१० वर्षमा देश स्विट्जरल्याण्ड बनाउँछु भन्थे, अहिले युवा रोजीरोटीका लागि बिदेसिनुपर्ने बाध्यता छ’
-
हारको सँघारमा पुगेको एपीएफलाई लोकेश बमले अविश्वासिलो जित दिलाए
-
दक्षिण कोरियाको जङ्गलमा भीषण आगलागी, २४ जनाको मृत्यु
-
अलेक्सान्डर आर्नोल्डलाई भित्र्याउने अन्तिम तयारीमा रियल