शनिबार, १० फागुन २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
पोखरा घटना

बेलुनमा हाइड्रोजन भर्ने भारतीय नागरिक हाजिर जमानीमा रिहा, सिलिन्डर बरामद

बिहीबार, ०८ फागुन २०८१, २० : २७
बिहीबार, ०८ फागुन २०८१

काठमाडौँ । पोखरा भ्रमण वर्ष २०२५ को उद्घाटन समारोहमा प्रयोग गरिएको बेलुनमा ग्यास भर्ने भारतीय नागरिकलाई रिहा गरिएको छ । प्रमुख जिल्ला अधिकारीको निर्णय अनुसार हाइड्रोजन ग्यास भर्ने ४१ वर्षीय कमलेश कुमारलाई हाजिर जमानीमा रिहा गरिएको कास्कीका एसपी श्यामबावु ओलियाले रातोपाटीलाई बताए ।

वडा प्रहरी कार्यालय बैदामले उनीविरुद्ध अभद्र व्यवहार मुद्दामा अनुसन्धान गरेको थियो । फागुन ३ मा बेलुन उडाएर भ्रमण वर्षको उद्घाटन गर्न लाग्दा विस्फोट भएर अर्थमन्त्री विष्णु पौडेल र पोरखामा मेयर धनराज आचार्य घाइते भएका थिए ।

कमलेश कुमारले ग्यास भर्न प्रयोग गरेको हाइड्रोजनको सिलिन्डर प्रहरीले बरामद गरेको छ । उनले ग्यास भर्न अनुमति नलिएको एसपी ओलियाले जानकारी दिए । प्रहरीले बरामद गरेको सिलिन्डर पर्यटन, उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय पोखरामा बुझाएको छ । आरोपीलाई आइतबार सो कार्यालयमा उपस्थित गराउने ओलियाले जानकारी दिए ।

घटनाबारे कास्कीका प्रजिअ भरतमणि पाण्डेको नेतृत्वको  समितिले छानबिन गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप