बाहिरकाले केबलकार निर्माण बिथोल्न खोज्नु राम्रो होइन : महासचिव पोखरेल
_urtz4ApxUq.jpg)
काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पाथीभरा मन्दिरमा केबलकार निर्माण बिथोल्न नहुने बताएका छन् । ताप्लेजुङवासीको चाहनाविपरीत बाहिरकाले यसलाई बिथोल्न खोजेको उनले आरोपसमेत लगाएका हुन् ।
उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘ताप्लेजुङवासी आफ्नो जिल्लामा रहेको प्रसिद्ध पाथीभरालाई मुलुकै प्रमुख धार्मिक तथा सांस्कृतिक पर्यटकीय गन्तव्य बनाउने सोचका साथ केबलकार सहितको पूर्वाधार विकास आवश्यक मान्दछन् भने त्यसप्रति बाहिरकाले असहमति राखेर बिथोल्न खोज्नु राम्रो होइन ।’
बिहीबार मात्र सो क्षेत्रमा नो केबलकार समूह र प्रहरीबिच झडप भएको थियो । घटनामा नेपाल प्रहरीका ६ जना, सशस्त्र प्रहरीका ५ जना तथा नो केबलकार समूहका १ जना घाइते भएको ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिएका छन् ।
यसअघि, ताप्लेजुङका स्थानीयले केबलकार निर्माण गर्नुपर्ने माग गर्दै सद्भाव र्याली पनि गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
२ प्रतिक्रिया
भर्खरै
-
ऊर्जा मन्त्रीको जुक्ति प्रभावकारी, मन्त्रालयको हटलाइनमा एक महिनामा १९ सय उजुरी
-
१२ बजे, १२ समाचार : संसदको अधिवेशन अन्त्यदेखि पत्रकार रजकको शरीरमा गोली लागेको भेटिएनसम्म
-
पत्रकार रजकको एक्स-रे सम्पन्न, गोली लागेको भेटिएन
-
लाज शरणम्’का बालकलाकार केसीकाे कुपोषणका कारण निधन
-
१० बजे १० समाचार : तीनकुने घटनामा प्रहरीको चुकदेखि बालेनको अल्टिमेटमसम्म
-
युट्युबर गंगा लामा पक्राउ