अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप : लगातार दोस्रो जितसँगै नेपाल फाइनलमा

काठमाडौँ । अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप फुटबल अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले लेबनानलाई पराजित गरेको छ । काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपाल १–० गोलले विजयी बनेको हो ।
पहिलो हाफको अन्त्यतिर नेपालले गरेको एक मात्र गोल निर्णायक बन्यो । खेलको ४२ औँ मिनेटमा साबित्रा भण्डारीको प्रहार लेबनानको खेलाडीलाई लाग्दै जाली चुम्न पुगेको थियो ।
पहिलो हाफको अतिरिक्त समयमा उनी नेपालको अग्रता दोब्बर बनाउनबाट चुकेकी थिइन् । नेपालले खेलमा नियन्त्रण राखे पनि गोलका लागि धेरै अवसर सिर्जना गर्न सकेन । नेपालले गोलको लागि अवसर पाए पनि त्यसलाई गोलमा परिणत गर्न सकेको थिएन ।
दोस्रो हाफमा पनि नेपालले बलमा नियन्त्रण राखेको थियो । तर, थप गोल भने हुन सकेन ।
जितसँगै नेपाल गोलअन्तरको आधारमा दोस्रो स्थानमा रहेको छ । योसँगै नेपाल प्रतियोगिताको फाइनलमा पुगेको छ । नेपालले पहिलो खेलमा किर्गिस्तानलाई १–० गोलले हराएको थियो ।
लेबनान भने आफ्नो पहिलो खेलमा बलियो म्यानमारसँग ३–१ गोलले पराजित भएको थियो ।
लेबनानसँग नेपालको यो दोस्रो भिडन्त थियो । यसअघि सन् २०२४ को वाफ वुमन्स च्याम्पियनसिपमा नेपाल र लेबनानले सेमिफाइनलमा प्रतिस्पर्धा गरेका थिए । सो खेलमा नेपाल २–१ गोलअन्तरले विजयी बनेको थियो ।
नेपालले यस खेलपछि फागुन ११ मा शीर्ष स्थानमा रहेको म्यानमारसँग खेल्नेछ । राउन्ड रोबिनका आधारमा खेलिने यो प्रतियोगिताका शीर्ष दुई टोलीबिच फाइनल खेल हुनेछ । फाइनल खेल फागुन १४ गते हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आईसीसी च्याम्पियन्स ट्रफी फर्ममा फर्कने प्रयासमा रहेका अस्ट्रेलिया र इंग्ल्याण्डबिच आज भिडन्त
-
नेपाल सुपर लिग : कुन खेलाडी कुन टोलीमा पुगे ?
-
प्लस टु सञ्चालन गर्न चन्दा उठाएरै ७० लाखको अक्षय कोष
-
अमेरिकी शीर्ष सैन्य नेतृत्वमा ठुलो परिवर्तन, जनरल ब्राउन हटाइए
-
जदौको स्वरमा मरिहत्ते श्रोता–संसार
-
तस्बिरमा हेर्नुहोस् नेपाल सुपर लिगको अक्सन