सुशासन कायम गर्न सरकारले अध्यादेश ल्यायो : गृहमन्त्री लेखक

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले मूलकमा व्यावसायिक वातावरण निर्माण गर्दै सुशासन कायम गर्नको लागि सरकारले अध्यादेश ल्याएको दाबी गरेका छन् । बिहीबार कांग्रेस निकट नेपाल वित्तीय संस्थाको आठौँ राष्ट्रिय परिषद्लाई भक्तपुरमा सम्बोधन गर्दै उनले यस्तो दाबी गरेका हुन् ।
गृहमन्त्री लेखकले अध्यादेशले सेवा प्रवाहलाई दुरुस्त बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने बताए । उनले अध्यादेशको कन्टेन्टमा कसैले पनि फरक मत राखेको नभएतापनि प्रक्रियाकै कारण अहिलेसम्म संसदबाट स्वीकृत गर्न नसकिएको बताए । उनले अध्यादेश मुलुकको आर्थिक सुधारका लागि जरुरी भएको कारण सरकार चाँडै नै संसदबाट स्वीकृत गर्ने जिकिर गरे ।
उनले भने, ‘आइटी क्षेत्रले अहिलेको नयाँ जेनरेसनलाई आकर्षित गरिरहेको छ । नयाँ पुस्तालाई यहाँ नै सम्भावना देखाइरहेको छ । त्यो सम्भावनालाई झन् ज्यादा बढाउनका लागि हामीले भर्खरै अध्यादेश ल्याएका छौँ । व्यावसायिक वातावरणलाई अनुकूल बनाउनका लागि र सुशासन कायम गर्न तथा सेवा प्रवाहलाई दुरुस्त बनाउनका लागि हामीले अध्यादेश ल्याएका छौँ ।’
गृहमन्त्री लेखकले संविधान संशोधन नेपाली कांग्रेस र नेकपा एमालेले मात्र गर्ने नभई सबै राजनीतिक दलहरूबिच सहमति खोजिने बताए । उनले संविधानको १० वर्षे अभ्यासका क्रममा देखिएका सबल र दुर्लभ पक्षका आधारमा संविधान परिमार्जन गरिने बताए । उनले संविधान संशोधनका लागि कार्यदल गठन गर्न सत्तारुढ दलहरूबिच सहमति समेत भइसकेको बताए । सबैसँग संवाद र सहकार्य गरेर संविधान संशोधन गरिने उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतको सहयोगमा निर्माण हुने १० परियोजनाको समझदारी पत्रमा हस्ताक्षर
-
आईपीएलमा पञ्जावको अपराजित यात्रा कायमै, कप्तान अय्यरको लगातार दोस्रो अर्धशतक
-
ऊर्जा मन्त्रीको जुक्ति प्रभावकारी, मन्त्रालयको हटलाइनमा एक महिनामा १९ सय उजुरी
-
१२ बजे, १२ समाचार : संसदको अधिवेशन अन्त्यदेखि पत्रकार रजकको शरीरमा गोली लागेको भेटिएनसम्म
-
पत्रकार रजकको एक्स-रे सम्पन्न, गोली लागेको भेटिएन
-
लाज शरणम्’का बालकलाकार केसीकाे कुपोषणका कारण निधन