अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप : लेबनानविरुद्ध पहिलो हाफमा नेपाललाई अग्रता

काठमाडौँ । अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप फुटबल अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले लेबनानको सामना गर्दैछ । काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेल जारी रहेको छ । पहिलो हाफको अन्त्यमा नेपाल १-० ले अघि रहेको छ ।
पहिलो हाफको अन्त्यतिर नेपालले अग्रता लिएको थियो । खेलको ४२ औँ मिनेटमा साबित्रा भण्डारीको प्रहार लेबनानको खेलाडीलाई लाग्दै जाली चुम्न पुगेको थियो । पहिलो हाफको अतिरिक्त समयमा उनी नेपालको अग्रता दोब्बर बनाउनबाट चुकेकी थिइन् ।
नेपालले खेलमा नियन्त्रण राखे पनि लामो समय गोल गर्न सकेको थिएन । नेपालले गोलका लागि थुप्रै अवसर पाए पनि गोलमा परिणत गर्न सकेको थिएन ।
नेपालले पहिलो खेलमा किर्गिस्तानलाई १–० गोलले हराएको थियो । लेबनान भने आफ्नो पहिलो खेलमा बलियो म्यानमारसँग ३–१ गोलले पराजित भएको थियो ।
लेबनानसँग नेपालको यो दोस्रो भिडन्त हो । यसअघि सन् २०२४ को वाफ वुमन्स च्याम्पियनसिपमा नेपाल र लेबनानले सेमिफाइनलमा प्रतिस्पर्धा गरेका थिए । सो खेलमा नेपाल २–१ गोलअन्तरले विजयी बनेको थियो ।
नेपालले यस खेलपछि फागुन ११ मा म्यानमारसँग खेल्नेछ । राउन्ड रोबिनका आधारमा खेलिने यो प्रतियोगिताका शीर्ष दुई टोलीबिच फाइनल खेल हुनेछ । फाइनल खेल फागुन १४ गते हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वर्षासंगै आएको बाढीले क्षति
-
कारागारमा रवि लामिछाने : खानामा दाल, भात, तरकारी नै रुचाउँछन्
-
आर्सनलसँगको नमिठो हारपछि क्लब छाड्दै रियल मड्रिडका मुख्य प्रशिक्षक
-
कक्षा १० को उत्तरपुस्तिका परीक्षण र कक्षा १२ को परीक्षा सञ्चालनमा सहयोग गर्नुस् : राष्ट्रिय परीक्षा बोर्ड
-
एआईजी बढुवा– राष्ट्रिय अनुसन्धानबाट आएकाहरू सिफारिस भएनन्
-
पाइप फुटेपछि थापाथली कोरिडोरमा बिजोग (तस्बिरहरू)