कहाँ छ अमेरिकाबाट डिपोर्ट गरिएका आप्रवासी भारतीयको अर्को समूह ?
बिहीबार, ०८ फागुन २०८१, १८ : ४५

नयाँ दिल्ली । अमेरिकाबाट निर्वासित भारतीयहरूको समूह आफ्नो देश पुगेको जानकारी पानामाले भारतलाई दिएको छ ।
पनामास्थित भारतीय दूतावासले यो जानकारी सामाजिक सञ्जाल प्लेटफर्म एक्समा शेयर गरेको छ । यसमा कति भारतीय पनामा आइपुगे भनेर खुलाइएको चाँहि छैन ।
विज्ञप्तिमा भनिएको छ, “पानामाका अधिकारीहरूले हामीलाई जानकारी दिएका छन् कि केही भारतीयहरू अमेरिकाबाट पनामा आइपुगेका छन् । उनीहरू सुरक्षित छन् र सबै अत्यावश्यक सुविधाहरू उपलब्ध भएको होटलमा बसिरहेका छन् ।’
दूतावासको टोलीले उनलाई भेट्न अनुमति पाएको र उनीहरूको हेरचाह गर्न स्थानीय सरकारसँग नजिकबाट काम गरिरहेका पनि विज्ञप्तिमा उल्लेख गरिएको छ । यसअघि साउथ मर्निङ चाइना पोष्टले सिधै डिपोर्ट गर्न नमिलेका ३०० आप्रवासी पानमाको होटलमा रहेको र यसमा धेरै जसो नेपाल, भारत, चीनलगायत देशका नागरिक रहेको भनिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षा ऐन जारी नभएसम्म विद्यालय नफर्किने आन्दोलनरत शिक्षकहरूको अडान
-
हेड टु हेडमा बलियो तर यो सिजन लय गुमाएको हैदराबाद र पञ्चाबको भिडन्त
-
देश सुशासनको बाटोमा अघि बढ्यो, राजतन्त्र ब्युँतने भ्रम पाल्नु हुँदैन – प्रधानमन्त्री ओली
-
नेपाल नेशनल अस्पताललाई महानगरले तिरायो १ लाख जरिवाना
-
रास्वपाकी नेतृ एमाले प्रवेश
-
एमाले वीरगञ्ज महानगरको नेतृत्व निर्वाचनबाट हुने, नोमिनेसन सुरु