आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेट
कोहलीले बराबरी गरे अजुरद्दीनको कीर्तिमान
बिहीबार, ०८ फागुन २०८१, १८ : ३८

दुबई । भारतका प्रभावशाली खेलाडी विराट कोहलीले पूर्वखेलाडी मोहम्मद अजुरद्दीनको कीर्तिमान बराबरी गरेका छन् ।
बिहीबार आईसीसी च्याम्पियन्स ट्रफीमा बंगलादेशविरुद्धको खेलमा कोहली अजुरद्दीनसँगै भारतका लागि एकदिवसीय अन्तर्राष्ट्रियमा सबैभन्दा धेरै क्याच लिने खेलाडी बनेका हुन् । कोहलीले २९८ खेलमा १५६ क्याच लिएका छन् । अजुरद्दीनले ३३४ खेलमा यो उपलब्धि हात पारेका थिए ।
उनीभन्दा अघि अस्ट्रेलियाका रिकी पोन्टिङ (१६० क्याच) र श्रीलंका माहेला जयावद्र्धने (२१८ क्याच) रहेका छन् । बिहीबारको खेलमा कोहलीले कप्तान नजमुल होसेन शान्तो र जाकेर अलिको क्याच लिन सफल भएका थिए ।
बंगलादेशले भारतसामु जितका लागि २ सय २९ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको बंगलादेशले ४९.४ ओभरमा सबै विकेट गुमाएर २२८ रन बनाएको हो ।
Indian Premier League (IPL) 2025
विस्तृत विवरण
खेल तालिका
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मध्यपश्चिम विश्वविद्यालयमा स्ववियु चुनाव, १ बजेसम्म १७४० मत खस्यो
-
चित्रबहादुरले निर्मल निवास भन्नुपर्नेमा शीतल निवास भनेपछि...
-
सांसद राणा पक्राउ परेको सदनमा जानकारी
-
राप्रपा नेताहरूलाई रिहा गर्न माग गर्दै प्रदर्शन, तस्बिरहरू
-
राजावादी समूह आक्रामक हुँदै गएपछि प्रचण्डले बोलाए पदाधिकारी बैठक
-
भूकम्प पीडित म्यानमारलाई नेपाल सरकारले सहयोग गर्ने