हृदोयको शतक, शमीको फाइफर : भारतसामु जितका लागि २ सय २९ रनको लक्ष्य

दुबई । आईसीसी च्याम्यिन्स ट्रफीमा बंगलादेशले भारतसामु जितका लागि २ सय २९ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको बंगलादेशले ४९.४ ओभरमा सबै विकेट गुमाएर २२८ रन बनाएको हो ।
टोलीका लागि तोहिद हृदोयले शतकीय इनिङ्स खेले । उनले ११८ बलमा १०० रन बनाउँदै आउट भए । यस क्रममा उनले ६ चौका र २ छक्का प्रहार गरे ।
उनले जकेर अलिसँग मिलेर कीर्तिमानी १ सय ५४ रनको साझेदारी गरे । एकदिवसीयमा छैटौँ विकेटमा बंगलादेशका लागि सबैभन्दा ठुलो साझेदारी हो । जाकेरले ११४ बलमा ६८ रन बनाए । उनले ४ चौका प्रहार गरे ।
ओपनर तान्जिद हसनले २५ रन तथा रिसाद होसेनले १८ रन जोडे । अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
भारतका लागि मोहम्मद शमीले शानदार बलिङ गर्दै ५ विकेट लिए । चोटबाट फर्किएका उनले १० ओभरमा ५३ रन खर्चिए । योसँगै उनले एकदिवसीयमा २०० विकेट पनि पूरा गरेका छन् । मिचेल स्टार्कपछि शामी खेलको आधारमा सबैभन्दा चाँडो यो उपलब्धि हासिल गरेका हुन् ।
हर्षित रानाले ३ विकेट तथा अक्षर पटेलले २ विकेट लिए । भारतले पाकिस्तान जान नमानेपछि यो खेल यूएईमा खेलाइँदैछ ।
Indian Premier League (IPL) 2025
विस्तृत विवरण
खेल तालिका
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक पारित
-
दुई पार्टीद्वारा तीनकुने घटनाबारे उच्चस्तरीय न्यायिक छानबिन आयोग गठन गर्न माग
-
प्रधानमन्त्री ओली पहिलो पटक एकीकृत समाजवादीको कार्यालयमा
-
कपिल शर्मा 'किस किस को प्यार करु' को सिक्वेल लिएर आउँदै
-
युक्रेन कहिल्यै नेटोको सदस्य बन्दैन : डोनाल्ड ट्रम्प
-
मध्यपश्चिम विश्वविद्यालयमा स्ववियु चुनाव, १ बजेसम्म १७४० मत खस्यो