एआईजी केसीको राजीनामा स्वीकृत

काठमाडौँ । प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) रवीन्द्र केसीको राजीनामा स्वीकृत भएको छ । फागुन ६ मा बसेको मन्त्रिपरिषद् बैठकले केसीको राजीनामा स्वीकृत गरेको सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले बताए ।
बढुवा सिफारिस गर्नुअघि नै उनलाई राजीनामा बुझाउन बाध्य पारिएको थियो । बढुवा सिफारिस हुनुअघि उनले बुझाएको राजीनामाको विषय माघ २७ मा बाहिरिएको थियो ।
कर्णाली प्रदेशका डीआईजी जनक भट्टराईलाई एआईजीमा बढुवा गर्न केसीलाई राजीनामा दिन बाध्य पारिएको प्रहरीका एच्च अधिकृतहरु बताउँछन् । त्यसबारे गृहमन्त्री रमेश लेखकले दुवै जनालाई राखेर मन्त्रालयमा छलफल गराएको गृह मन्त्रालयका अधिकृतहरु बताउँछन् ।
राजनीतिक पहुँच र आर्थिक चलखेलका कारण भट्टराईलाई एआईजीमा बढुवा गर्न खोजिएको छ । केसी र भट्टराई एउटै ब्याचका अधिकृत हुन् । एआईजीमा बढुवा भएपनि भट्टराई २०८१ चैत ५ मा अवकाशमा जाँदै छन् । विशिष्ट श्रेणीमा बढुवा भएर त्यसपछिका नियुक्तिमा अवसर लिनेगरी भट्टराई एआईजी हुन खोजेको जानकारहरू बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अर्जेन्टिनाका गोलकिपरले किन खाए प्रशिक्षकको गाली ?
-
योगी आदित्यनाथको जीवनमा आधारित फिल्म पाँच भाषामा रिलिज हुने
-
‘१० वर्षमा देश स्विट्जरल्याण्ड बनाउँछु भन्थे, अहिले युवा रोजीरोटीका लागि बिदेसिनुपर्ने बाध्यता छ’
-
हारको सँघारमा पुगेको एपीएफलाई लोकेश बमले अविश्वासिलो जित दिलाए
-
दक्षिण कोरियाको जङ्गलमा भीषण आगलागी, २४ जनाको मृत्यु
-
अलेक्सान्डर आर्नोल्डलाई भित्र्याउने अन्तिम तयारीमा रियल