रिंकुको घर पुगेर मन्त्री लेखीले भने– दोषीलाई कारबाही गर्न कुनै कसर बाँकी राख्ने छैन’

सिरहा । मधेस प्रदेशका गृह सञ्चार तथा कानुनमन्त्री मधेस प्रदेश सरकारका प्रवक्ता राजकुमार लेखीले सिरहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुरमा बलात्कृत भई मृत्यु भएकी रिङकु सदायको बारेमा जानकारी लिएका छन् । आज मृतक रिङकुका बुबा बिजुली सदायलाई उनको घरमै भेटेर गृहमन्त्री लेखीले घट्नाको विवरण लिँदै दोषीलाई न्यायको कठघरामा ल्याइ छाड्ने प्रतिबद्धता जनाएका छन् ।
भेटमा रिंकुका बुवाले माघ २७ गते राति शौच गर्नका लागि निस्किएकी रिंकुलाई गाउँका रुपेश मण्डल, चन्दन साह र रामबिनय मण्डलले सामूहिक बलात्कार गरेको घटना सुनाएका थिए । छोरी बिहान आएपछि घटनाको बारेमा जानकारी भएको भन्दै उनले गाउँमा बसेको पञ्चायतमा पनि छोरी रिंकुले तीनै जना केटाको नाम लिएको बताए ।
बलात्कारपछि रिंकुले रुपेश मण्डलसँग विवाह गर्ने प्रस्ताव राखेपछि रुपेश मण्डलका बुवाले दलित मुसहर समुदायसँग विवाह नगर्ने जवाफ फर्काएका थिए । त्यसलगत्तै रिंकु डोरीमा झुन्डिएर मृत्यु भएको अवस्थामा भेटिएकी थिइन् ।
विजुलीले सो विषयबारे पनि गृहमन्त्री लेखीलाई सुनाएका थिए । रिंकुका बुवाले भेटमा भनेका थिए, ‘समाजले उनीहरूलाई एक लाख ४० हजार जरिवाना गराएको थियो । तोकिएको जरिवाना पनि उनीहरूले दिएनन् । घरमा कोही नभएको समयमा पासो लागेको अवस्थामा छोरी फेला परेकी घटनाको प्रकृति हेर्दा त्यो आत्महत्या होइन हत्या नै हो पनि प्रस्ट थियो ।’
छोरीको विवाहको लागि लाग्ने खर्च जोहो गरिरहेको अवस्थामा छोरीको लास हेरेर बाँच्नु परिरहेको पीडा उनले गृहमन्त्री लेखी समक्ष उनले राखेका थिए । रिंकुका बुवाले भने, ‘मलाई न्याय चाहियो । दोषीलाई पक्राउ गरेर जेल हाल्नुपर्छ ।’
रिंकुका बुवा र स्थानीयको कुरा सुनिसकेपछि गृहमन्त्री लेखीले घट्नामा संलग्नहरूलाई कानुनी कठघरामा उभ्याउन प्रहरीलाई निर्देशन दिए । उनले भने, ‘यस घट्नाको जाहेरी आएको छ कि छैन । जाहेरी आएको छैन भने चाँडै जाहेरी लिएर अपराधमा संलग्नहरू उम्कन नपाउने गरी प्रहरीले सक्रियता देखाउन आवश्यक छ ।’
सिराहा प्रहरी प्रमुख रमेश पण्डितले रिङकुका काकाले दिएको जाहेरी प्राप्त भएको तर प्रहरीले घट्नाको अनुसन्धान गर्दा अर्को जाहेरी आउनुपर्ने देखिएकोले त्यो आउने बित्तिकै प्रहरीले कारबाही अघि बढाउने जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिल्म ‘लाज शरणम’को जाँचपछि सेन्सर बोर्डले के भन्यो ?
-
किन पर्यो नेपाल ‘ग्रे लिष्ट’मा, यसले कस्तो प्रभाव पर्छ ?
-
सार्कलाई रोक्नका लागि को जिम्मेवार हो,दक्षिण एसियामा सबैलाई थाहा छ : भारतीय विदेश मन्त्रालय
-
गण्डकी सरकारका काममा सत्तारुढ सांसद नै असन्तुष्ट
-
समानुपातिक प्रतिनिधित्व खुम्च्याएर संविधान संशोधन गरे देशमा ठुलो विद्रोह हुन्छ : श्रेष्ठ
-
नेपाल ग्रे लिष्टमा पर्यो, के भन्छन् अर्थमन्त्री ?