बागमती सरकारले छान्यो १२ खेलका २६ स्वयंसेवक प्रशिक्षक

काठमाडौँ । प्रदेश खेलकुद विकास परिषद् बागमती प्रदेशले स्वयंसेवक प्रशिक्षक छनौट गरेको छ । परिषद्ले गत फागुन ६ मा एक सूचना जारी गर्दै विभिन्न खेलका २६ जना स्वयंसेवक प्रशिक्षक छनौट गरेको हो ।
परिषदका सदस्य सचिव दिपक लामाका अनुसार गत पुसमा स्वयंसेवक प्रशिक्षक नियुक्ति गर्ने निर्णयसहित प्रक्रिया अघि बढाएको थियो । १२ विधाका खेलका लागि गत फागुन २ मा सूचना आह्वान गरी प्राप्त निवेदनका आधारमा छनौट गरिएको उनले बताए ।
प्राप्त निवेदनको आधारमा अन्तरवार्ता, शारिरीक तन्दुरुस्ती लगायत परिक्षण गरी स्वयंसेवक प्रशिक्षकको अन्तिम नामावली प्रकाशन गरेको उनको भनाई छ । आर्थिक वर्ष २०८१/०८२ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार स्वयम्सेवक प्रशिक्षकहरु सूचीकृत गरी छनौट गर्नुपर्ने र कार्यक्षेत्रमा खटाउनका लागि गत पुस ५ मा सूचना जारी गरेको उनले बताए ।
बागमती प्रदेशको स्वयंसेवक प्रशिक्षक परिचालन कार्यविधि–२०८१ को दफा ११ को उपनियम (१) अनुसारको प्राप्त आवेदन मार्फत् फागुन २ मा संक्षिप्त सूची तयार गरेको उनले बताए । सो सूचीका आधारमा फागुन ५ गतेमा अन्तर्वार्ता तथा शारीरिक तन्दुरुस्ती परिक्षण गरी अंक निर्धारण गरि नामावली प्रकाशन गरिएको उनले बताए ।
परिषद्ले करातेमा ४, उसुमा ३, एथलेटिक्समा १, तेक्वान्दोमा २, भलिबलमा १, फुटबलमा १, बक्सिडमा ३, टेबल टेनिसमा २, नेटबलमा २, व्याडमिन्टनमा २, फुलकन्ट्याक्ट करातेमा ४ र आईटिएफ तेक्वान्दोमा १ जना स्वयम्सेवक प्रशिक्षक नियुक्तिका लागि सूचना आह्वान गरेको थियो ।
जसअनुसार आइटिएफ तेक्वान्दोका लागि प्रभुदेव शिवाकोटी, उसुतर्फ विश्वनाथ पाठक, रमेश सुवाल, शर्मिला कारन्जित सफल उम्मेदवार रहेका छन् । एथलेटिक्समा रमेश सुनार, कराँतेमा रविन्द्र मानन्धर, रोदन रानामगर, मनिषा रानाभाट, कमल घले, टेबलटेनिसमा आशिष अवाले, रविना देशार, तेक्वान्दो तर्फ केशरबहादुर पहरी, शरण घले तामाङ छनौट भएका छन् ।
भलिबलतर्फ उत्सव खड्का, सुरज भुजेल, ब्याडमिन्टनमा चन्दन घले, रविन्द्र भुजेल, नेटबलतर्फ एलिसा शाही, फुटबलतर्फ नदिम देशार, फुल कन्ट्याक कराँते जयराम भुलुन, जय देशार, धनबहादुर तामाङ, राजु तामाङ र बक्सिङतर्फ अजित गुरुङ, सुवर्ण सापकोटा, किशोर खत्री अनौट भएका छन् ।
त्यस्तै उसुतर्फ मन्जुर महर्जन, प्रेमचन्द्र दर्लामी मगर, एथलेटिक्स तर्फ सपना आचार्य, कराँतेमा सुशान्त मोदक, रश्मिमाया लामा, टेबल टेनिसमा सुनिल महर्जन, तेक्वान्दोमा निरुकुमारी मगर, फुलकन्ट्याक कराँतेमा सन्तोषकुमार लामा, विजय राई र बक्सिङमा महेश रिजाल, रमेश दास श्रेष्ठ वैकल्पिक सूचीमा रहेका छन् ।
उनका अनुसार छनौट भएका प्रशिक्षकहरु नियुक्त गरि माग भएका जिल्लाहरुमा खटाइने छ । प्रदेशका १३ जिल्लामा खेलाडी प्रशिक्षणका लागि नियुक्त भएका स्वयम्सेवक पशिक्षकहरु खटाइने उनको भनाई छ ।
स्वयम्सेवक प्रशिक्षकले सेवा गरे वापत मासिक २२ हजार रुपैयाँ पारिश्रमिक प्राप्त गर्ने मन्त्री महर्जनले बताए । छनौट भएका स्वयम्सेवक प्रशिक्षकलाई ६ महिनाको करार नियुक्त गरिने र सो पश्चात आवश्यकताका अनुसार पुनः करार नवीकरण गरिने उनको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : दुर्गा प्रसाईंको ज्यानको सुरक्षाका लागि आह्वानदेखि सडक विभागका पूर्वमहानिर्देशकले ओगटेको जग्गा जफतसम्म
-
दुर्गा प्रसाईंको ज्यानको सुरक्षाका लागि आह्वान
-
नेपाल प्रहरीले भन्यो–‘दुर्गा प्रसाईंको खोजी हुँदैछ’
-
घाइते हात्ती बस्ती नजिक आउन थाले
-
चीनले गरेको विकास नेपालका लागि प्रेरणा : दिनानाथ शर्मा
-
वडाध्यक्षलाई विद्युत् पोलमा बाँधिएको भिडियो भाइरल- के हो वास्तविकता ?