बोइङसँग खुसी छैनन् ट्रम्प
बिहीबार, ०८ फागुन २०८१, १७ : १९

वासिङटन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू घरेलु विमान निर्माता कम्पनी बोइङ्सँग खुसी नभएको बताएका छन् । दुई थान नयाँ एयर फोर्स वन विमान बनाउने करारको सन्दर्भमा उनले यस्तो बताएका हुन् ।
कम्पनीले वाचा गरेको समयमा विमान दिन नसकेको बेलामा ट्रम्पको यस्तो अभिव्यक्ति आएको हो । बोइङले विमान बनाउने निकै धेरै समय लिइरहेकोले आफूले यसको विकल्प खोजिरहेको पनि उनले बताए ।
ट्रम्पले आफ्नो पहिलो कार्यकालमा बोइङलाई बोइङ ७४७–८ मा आधारित भएर राष्ट्रपति चढ्ने दुई थान विमान बनाउने करार दिएका थिए ।
अहिले ट्रम्पले चढ्ने गरेको राष्ट्रपतिको विमान ३५ वर्ष पुरानो भइसकेको छ । ट्रम्पको अभिव्यक्तिबारे बोइङले अहिलेसम्म केही भनेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘दुई ठुला शक्ति नेतृत्वमा आउँदा बारको आवाज झन् बुलन्द हुन्छ’
-
रमा–कृष्ण साहित्य सम्मान समालोचक चूडामणि बन्धुलाई
-
‘अहिलेको चुनाव दल भर्सेस कानुन व्यवसायी हो’
-
भारत सरकारको अनुदान सहयोगमा निर्माण हुने १० वटा परियोजनाहरूको एमओयूमा हस्ताक्षर
-
बागमती प्रदेशसभा अधिवेशन अन्त्य गर्न सिफारिस
-
आज दुई वटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची