सुमी मल्लले जितिन् ‘मिसेस भोग नेपाल–२०२५’ को उपाधि

काठमाडौँ । ‘मिसेस भोग नेपाल–२०२५’ को उपाधि सुमी मल्लले जितेकी छिन् । बुधवार अबेर राति बौद्धस्थित बौद्ध हेरिटेजमा आयोजित प्रतियोगितामा मल्लले ‘मिसेस भोग नेपाल–२०२५ ब्राण्ड एम्बासडर’ को उपाधि जितेकी हुन् ।
प्रतियोगितामा रुथ शिवाकोटीले कमर्सियल एम्बासडरको उपाधि जित्न सफल भइन् । ग्राण्ड फिनालेको फाइनल चरण अर्थात टप फाइभमा सुमी मल्ल, रुथ सिवाकोटी, सञ्जु श्रेष्ठ, प्रिया खड्गी तथा स्वेता बज्राचार्यबिच निकै कडा प्रतिस्पर्धा भएको थियो ।
सार्वजनिक गरिएको नतिजा अनुसार सञ्जु श्रेष्ठले फर्स्ट रनर्सअप, प्रिया खड्गीले सेकेण्ड रनर्सअप तथा स्वेता बज्राचार्यले थर्ड रनर्सअपको उपाधिमा चित्त बुझाए ।
प्रतियोगितामा समाजका विभिन्न क्षेत्रलाई प्रतिनिधित्व गरेका १७ जना विवाहित महिलाहरुले भाग लिएका थिए । विभिन्न क्षेत्रमा भिन्दै परिचय बनाइसकेका प्रतियोगिहरुले प्रतियोगितामा उत्कृष्ट प्रस्तुति दिएका थिए । हाउस अफ फेसनले प्रतियोगीता आयोजना गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रिंकु र प्रकृतिका लागि न्याय माग्दै सिराहामा प्रदर्शन
-
गुल्मीको इस्मा गाउँपालिकामा कपडा बैङ्क स्थापना
-
फिल्म ‘लाज शरणम’को जाँचपछि सेन्सर बोर्डले के भन्यो ?
-
किन पर्यो नेपाल ‘ग्रे लिष्ट’मा, यसले कस्तो प्रभाव पर्छ ?
-
सार्कलाई रोक्नका लागि को जिम्मेवार हो,दक्षिण एसियामा सबैलाई थाहा छ : भारतीय विदेश मन्त्रालय
-
गण्डकी सरकारका काममा सत्तारुढ सांसद नै असन्तुष्ट