हिंसात्मक दृश्य काटिएपछि ‘ताण्डवम्’ सेन्सर पास

काठमाडौँ । अत्यधिक हिंसात्मक दृश्य रहेको भन्दै सेन्सर रोकिएको सिनेमा ‘ताण्डवम्’ सेन्सर पास भएको छ । निर्माण टिमले व्यापक काँटछाँट पश्चात केन्द्रीय चलचित्र जाँच पास समिति (सेन्सर बोर्ड) पिजी सर्टिफिकेट दिएको निर्देशक जुनिम गहतराजले बताए ।
अब यो सिनेमा हेर्न १६ वर्ष मुनिका बालबालिकाले अभिभावक साथ लिएर जानुपर्नेछ । सिनेमा अभिनेता समेत रहेका निर्देशक जुनिमले कथाको मर्म नमर्ने गरी सिनेमाको हिंसात्मक दृश्य काटिएको बताए । पहिलो पटक सेन्सर गर्न लैजाँदा २ घण्टा ६ मिनेट लामो सिनेमाले दोस्रो सेन्सरबाट करिब १ घण्टा ५६ मिनेटको रनटाइम बनाइएको छ । पुरा सिनेमाबाट करिब १० मिनेट रनटाइम घटाइएको निर्देशक गहतराजले जानकारी दिए ।
‘हामीले राम्रो सिनेमा दर्शकलाई पस्किने प्रयास गरेका छौँ । दर्शकले पनि मन पराउने विश्वास हामीलाई छ,’ निर्देशक गहतराजले बताए । काँटछाँट गरिएको सिनेमालाई समेत सेन्सर पदाधिकारीले रुचाएको उनले जानकारी दिए । सेन्सरबाट राम्रो प्रतिक्रिया मिलेकाले दर्शक तथा समीक्षकलाई पनि ‘ताण्डवम्’ मन पर्ने विश्वास निर्देशकको छ ।
सिनेमाको सेन्सर पास भएसँगै आजै अग्रिम टिकट बुकिङ खोल्ने तयारी निर्माण टिमको छ । भोली शुक्रवार फागुन ९ गतेबाट सिनेमा देशभरका सिनेमा घरमा रिलिज हुनेछ ।
सिनेमामा पुष्कर गुरुङ, प्रेम सुब्बा, जुनिम गहतराज, अङ्कित खड्का, सरिना मगर, अनोज पाण्डे, कमल कार्की र गोपाल कटुवालको अभिनय रहेको छ । सिनेमाले एक नव विवाहित जोडी जो आफ्नो पहिलो सन्तानको स्वागतको तयारी गरिरहँदा उनीहरू जीवनमा घट्ने अकल्पनीय घटनाले निम्त्याउने उतारचढावको कथालाई पारिवारिक तथा एक्सन थ्रिलर जनरामा प्रस्तुत गरिएको छ ।
सिंहदेवी प्रोडक्सनले भिजुयल आर्ट्स स्टुडियोको सहकार्यमा निर्माण भएको सिनेमाका निर्माता धनकुमारी गहतराज, सविना मगर र मनिष गौतम हुन् । हरि घले लामाले खिचेको सिनेमामा सम्राट् बस्नेतको एक्सन निर्देशन, सुशान्त गौतमको सङ्गीत र कोबिद बज्रको ब्याग्राउण्ड म्युजिक रहेको छ । सिनेमाको कथा, पटकथा तथा संवाद अनिरुद्ध आत्रेय र हुसेनले लेखेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गुल्मीको इस्मा गाउँपालिकामा कपडा बैङ्क स्थापना
-
फिल्म ‘लाज शरणम’को जाँचपछि सेन्सर बोर्डले के भन्यो ?
-
किन पर्यो नेपाल ‘ग्रे लिष्ट’मा, यसले कस्तो प्रभाव पर्छ ?
-
सार्कलाई रोक्नका लागि को जिम्मेवार हो,दक्षिण एसियामा सबैलाई थाहा छ : भारतीय विदेश मन्त्रालय
-
गण्डकी सरकारका काममा सत्तारुढ सांसद नै असन्तुष्ट
-
समानुपातिक प्रतिनिधित्व खुम्च्याएर संविधान संशोधन गरे देशमा ठुलो विद्रोह हुन्छ : श्रेष्ठ