अदालतको आदेशपछि ‘सक्किगोनि’को ९१औँ भाग प्रसारण समेत रोकियो

काठमाडौँ । उच्च अदालत पाटनको आदेशपछि टेलिश्रृंखला ‘सक्किगोनि’को ९१औँ भाग प्रसारण समेत प्रभावित बनेको छ ।
टेलिश्रृङ्खलाको ९१औँ भागमा फिल्म ‘लाज शरणम्’को प्रचारप्रसार सामग्री रहेकाले अदालतको आदेशअनुसार सामग्री प्रसारण गर्न असमर्थ भइएको कलाकार अर्जुन घिमिरेले जानकारी दिए ।
‘सम्पूर्ण दर्शकहरूमा सादर नमस्कार ! पाटन उच्च अदालतले हाम्रो चलचित्र लाज शरणम्को प्रचारप्रसारमा रोक लगाएपछि हामीले चलचित्र प्रचारप्रसारको निम्ति छायांकन गरिसकेको टेलिसिरियल सक्किगोनिको ९१औँ भाग अदालतको आदेशलाई आत्मसाथ गर्दै प्रसारण गर्न असमर्थ भएका छौँ । उक्त कारण यहाँहरू सम्पूर्णमा पर्न गएको असुविधाप्रति हामी क्षमाप्रार्थी छौँ’, उनले सामाजिक सञ्जाल फेसबुकमा भनेका छन् ।
केही दिनअघि उच्च अदालत पाटनले हाल थुनामा रहेका आफताब आलमको मुद्दाका आधारमा फिल्मको प्रचार प्रसारमा रोक लगाएको थियो । आलमले आफ्नो आकृति झल्किने तस्बिर र सामग्री फिल्ममा प्रयोग गरिएको पाइएको भन्दै रोक लगाउन माग गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केआइआइटीबाट फर्किएका नेपाली विद्यार्थी भन्छन्– त्यो कहालीलाग्दो क्षण भुल्नै सक्दैनौँ
-
डोनाल्ड ट्रम्पको अभिव्यक्ति नेपालको राष्ट्रिय अस्मिता प्रतिकूल छ : देव गुरुङ
-
गृह मन्त्रालयद्वारा तीन सीडीओको सरुवा
-
हिमवतखण्ड गुफादेखि मानव सभ्यतासम्मको इतिहासको भूभाग हो : प्रधानमन्त्री ओली
-
प्रकृति लम्साल आत्महत्या प्रकरणमा भारतले के भन्यो ?
-
परराष्ट्रमन्त्री शनिबार जेनेभातर्फ प्रस्थान गर्दै